Smoking Causes Cancer

सबैभन्दा लामो कान भएको कुकुरले गिनिजबुकमा राख्यो रेकर्ड



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: सुन्दा नै अचम्म लाग्ने घटना विश्वमा बेला-बेलामा सुन्ने गरिएको छ। एउटा कुकुरको कान १२ दशमलव ३ इन्च लामो भएको कारण गिनीज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ। ओरेगन नाम गरेकी महिलाले पालेको कुकुरको कानको लम्बाई सामान्य कुकुरको तुलनामा धेरै लामो छ।

गिनीज वर्ल्ड रेकर्ड्सका एक अधिकारीले भने ३ बर्षिय लूको कानको लम्बाई आधिकारिक रुपमा जीवित कुकुरहरु मध्ये सबैभन्दा लामो छ। त्यसैले उनी गिनीज बुक अफ वर्ल्डमा सूचीबद्ध छन।

कुकुरको मालिकले भनिन्, ‘म मेरो कुकुरको कानको लम्बाईका बारेमा गिनिज बुकका अधिकारीलाई भनेर नाप्न लगाउने र वर्ल्ड रेकर्ड कायम गराउने सोचमा थिए। त्यो सपना अहिले आएर पुरा भएको छ।’

सिंचाई
Forest
Ad.

कोरोना भाइरसको महामारी बीच उक्त कुकुरको कान मापन गर्दा विश्वको सबैभन्दा लामो कान भएको कुकुरको रुपमा दर्ता हुन सफल भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया