काठमाडौं: सुन्दा नै अचम्म लाग्ने घटना विश्वमा बेला-बेलामा सुन्ने गरिएको छ। एउटा कुकुरको कान १२ दशमलव ३ इन्च लामो भएको कारण गिनीज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ। ओरेगन नाम गरेकी महिलाले पालेको कुकुरको कानको लम्बाई सामान्य कुकुरको तुलनामा धेरै लामो छ।
गिनीज वर्ल्ड रेकर्ड्सका एक अधिकारीले भने ३ बर्षिय लूको कानको लम्बाई आधिकारिक रुपमा जीवित कुकुरहरु मध्ये सबैभन्दा लामो छ। त्यसैले उनी गिनीज बुक अफ वर्ल्डमा सूचीबद्ध छन।
कुकुरको मालिकले भनिन्, ‘म मेरो कुकुरको कानको लम्बाईका बारेमा गिनिज बुकका अधिकारीलाई भनेर नाप्न लगाउने र वर्ल्ड रेकर्ड कायम गराउने सोचमा थिए। त्यो सपना अहिले आएर पुरा भएको छ।’
कोरोना भाइरसको महामारी बीच उक्त कुकुरको कान मापन गर्दा विश्वको सबैभन्दा लामो कान भएको कुकुरको रुपमा दर्ता हुन सफल भयो।