Clean Water Campaign

Awareness Campaign

गुल्मीका भा’इरल ‘बिरे दाई’को पूरा भयो सपना, गीत आज अपरान्ह सार्वजनिक गरिदै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पुरुष र महिला दुवै आवाजमा गीत गाएर सर्वत्र चर्चा कमाएका मुसिकोट नगरपालिका, गुल्मीका बिर बहादुर विश्वकर्मा ‘बिरे दाई’को आफ्नो आवाजमा गीत रेकर्ड गराउने धोको पुरा भएको छ। उनको गीत ‘ऐसुलोको पात’ आज अपरान्ह ३:३३ मा सार्वजनिक गरिदैछ।

सञ्चारकर्मी मोहन बस्नेतद्वारा निर्मित डकुमेन्ट्रीमा उनले आफ्नो गीत रेकर्ड गराउने धोको रहेको बताएका थिए। उनले हालै टेलिभिजन कार्यक्रम इन्द्रेणीमा दोहोरी पनि गाएका थिए। बिर बहादुर विक अर्थात बिरे दाई र कमल बरालको आवाजमा रहेको उक्त गीतको शब्द र लय संकलन भा’इरल गायक बिर बहादुर विकले गर्नुभएको हो।

यो पनि: अन्ततः भयो गुल्मीका ‘बिरे दाई’को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

Forest
Forest
Ad.

यस गीतलाई आज्ञा क्रियसन प्रा.लि. ले निर्माण गरेर सार्वजनिक गर्न लागेको हो। गीत Ramchandra Chand युट्युब च्यानल मार्फत सार्वजनिक गरिनेछ। तसर्थ च्यानललाई सब्स्क्राइब गरेर प्रतिक्षा गर्नुहुन अनुरोध गरिन्छ। साथै गीत निर्माणमा सहयोग पुर्याउने लोक गायक रामचन्द्र चन्द, बैकुण्ठ रायमाझी, मोहन बस्नेत, हेमनाथ खराल, नुर भण्डारी र केशव पाण्डे प्रति आभार व्यक्त गरिएको छ।

यसको लगत्तै बिर बहादुर विश्वकर्माको पहिलो रेकर्डिङ गित लोकगायिका शर्मिला गुरुङ संगको झ्याउरे गीत ‘ठाडो भाका’ पनि आउने क्रममा रहेको छ। जानकारका अनुसार वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिले निर्माण गर्ने उक्त ठाडो भाका यथासिघ्र बिर बहादुर विश्वकर्मा कै जन्मथलो वामीमा सुटिङ हुने पनि बताइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया