Smoking Causes Cancer

पत्रकार प्रेम सुनार माओवादी केन्द्र मुसिकोट नगर कमिटीको उपाध्यक्षमा निर्वाचित



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’ का सञ्चालक एवं नेपाल पत्रकार महासंघ, गुल्मीका सचिव पत्रकार प्रेम सुनार नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी, गुल्मीको उपाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ।

हालै सम्पन्न माओवादी केन्द्रको नगर अधिवेशनले उहाँलाई सर्वसम्मत उपाध्यक्ष पदमा चयन गरेको हो। पत्रकारिता संगै राजनीतिमा सक्रिय सुनार पत्रकार महासंघ लगायतका थुप्रै संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ।

आफूलाई उपाध्यक्ष पदमा निर्वाचित गरेकोमा खुसी व्यक्त गर्दै उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘मलाई उपाध्यक्ष सहित मुसिकोट नगर कमिटिलाई सर्वसम्मत निर्वाचित गर्नुहुने माओवादी केन्द्र मुसिकोट नगर कमिटीका सबै कमरेडलाई लाल सलाम!’

सिंचाई
Forest
Ad.

यस ओझेलका खबर डटकमका संरक्षक प्रेम सुनारलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया