Place for ads

Awareness

विद्यार्थीहरुलाई अलपत्र छाडेर शिक्षकहरु कांग्रेस अधिवेशनमा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: नेपाली कांग्रेस यति बेला देशैभर १४ औं अधिवेशनको चटारोमा छ। यस बेला अरुलाई भन्दा पनि सरकारी तलब खाने सामुदायिक विद्यालयका शिक्षकहरुलाई बढि राजनीति लागेको छ।

गुल्मीका विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरु वडा अधिवेशन सुरु भए देखि नै विद्यालयको पठनपाठन छाडेर कोही उमेदवार बनेका छन भने कोही प्रचार प्रसारमा दिनराती खटेका छन्। उनीहरुलाई विद्यार्थीहरुको भविष्यको चिन्ता छैन ता कि आफ्नै राजनैतिक भविष्यको चिन्ता छ।

Get Vaccinated

आज गुल्मी जिल्ला कांग्रेसको क्षेत्र नम्बर २ को क्षेत्रिय अधिवेशन तम्घासको बाल मन्दिर हलमा चलिरहँदा कैयौं सामुदायिक विद्यायलका शिक्षकहरु देखिन्थे। जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ७ भनभने स्थित श्री टिमुरखर्क अधारभुत विद्यालयका प्रधानाध्यापक विरेन्द्र केसी नेपाली कांग्रेस त्यस वडाको अधिवेशन चले देखि अहिले सम्म विद्यालयमा नदेखिएको अभिभावकले गुनासो गरेका छन्।

उनि त्यस वडाको पार्टी सभापतिमा उमेदवारी दिए। सभापति जिते पनि त्यस यता आज क्षेत्रिय अधिवेशन चल्ने दिन सम्म उनी मात्र होईन उनी सहित त्यस विद्यालयका आधा भन्दा बढि शिक्षक कांग्रेस अधिवेशनमा व्यस्त छन्।

आज त्यस विद्यालयमा ४ जना मात्र शिक्षक देखिएका अरु ५ जना शिक्षकहरुलाई बोकेर कांग्रेस वडा सभापति रहेका प्रधानाध्यापक रहेका विरेन्द्र केसी क्षेत्रिय अधिवेशनका लागि तम्घास तिर हानिए। नाम उल्लेख नगर्ने सर्तमा एक अभिभावकका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा त्यस वडाका वडाअध्यक्ष काँशी बहादुर बोहरा महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिएकोले शिक्षकहरु उनकै दवावमा अधिवेशनमा खटिदै आएका छन्।

‘गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता ’ आदर्श बाक्य मुखमा झुण्डाउने टिमुरखर्क आधारभुत विद्यालयका प्राय सबै शिक्षकलाई विद्यार्थी पढाउने भन्दा पनि राजनीति गर्ने थलो बनेको छ। वडाध्यक्ष बोहरा कै घरै अगाडीको विद्यालयमा केहि दिन यता विधार्थीहरु अलपत्र परेका छन्।

Awareness by SKF

एक विद्यार्थी भन्छन् मानौकी यो दशैँ बिदा हो। यतिका दिन देखि शिक्षकहरु कांग्रेसको राजनीतिमा दौडिदा विद्यार्थीहरुको भविष्य माथि खेलबाड भएको देखेर पनि त्यस गाउँपालिकाको शिक्षा शाखा र प्रमुख उपप्रमुखले के हेरेर बसेका छन।

एक जना अभिभावकले यस्तो प्रति प्रश्न गर्दै भने, ‘हाजिरी रजिष्टरमा हेर्नु होला दिनुहँ कांग्रेस अधिवेशनको प्रचार प्रसारमा त्यहाँका शिक्षकहरु व्यस्त हाजिर भने गराएका हुन सक्छन। उनका अनुसार त्यस विद्यालयले खर्च आम्दानी सार्वाजानिक नगरेको पनि धेरै बर्ष भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया