Hi-Speed Computer

Awareness Campaign

ऐतिहासिक न्वागी मेलाको उद्घाटन: खेलकुद र सांस्कृतिक कार्यक्रमहरु सुरु (तस्विरहरु)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, वामीटक्सार: बागलुङको बडिगाड गाउँपालिका र गुल्मीको मुसिकोट, पौदी तथा इस्मा लगायतको क्षेत्र समावेश भएको पौँदी न्वागी मेला शुरु भएको छ। ऐतिहासिक महत्व बोकेको र धार्मिक आस्था समेत जोडिएकोले न्वागी मेलालाई स्थानीयले आफ्नो अस्तित्व सँज जोडेर हेर्छन्। आईतबार शुभ साईतमा न्वागी खाएपछि हिजो देखि नै न्वागी मेला सुरु भएको हो।

सोमबार बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले मेलाको उद्घाटन गर्नुभएको छ। उहाँले पौंदी मेलालाई संरक्षण र संवर्द्धन गर्दै स्थानीय पहिचान सँग जोडेर हेर्नुपर्ने बताउनुभयो। उहाँले न्वागी मेलाले स्थानीय कला संस्कृति र यस क्षेत्रको अस्तित्व बचाई राखेको पनि बताउनुभयो। उहाँले गाउँपालिकाले यस पर्वको संरक्षणका लागि प्रत्येक वर्ष समिति संग मिलेर सहकार्य र समन्वय गर्दै आईरहेको पनि बताउनुभयो।

मेलाको अवसरमा आयोजना गरिएको गाउँपालिका अध्यक्ष कप खुल्ला भलिब प्रतियोगीता, रेकर्ड डान्स प्रतियोगिता लगायतका अन्य कार्यक्रमहरु पनि सुरु भएका छन्। बडिगाड गाउँपालिकाको अगुवाईमा भएपनि यो मेला दुइवटै जिल्लाको पौँदी क्षेत्रको साझा चाडको रुपमा चिनिन्छ। स्थानीय पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले न्वागी पर्वलाई मेलाको रुपमा बिकास गरेको हो। बर्षौँदेखि भएपनि यो मेलालाई स्थानीय तहले समेत अपनत्व लिएर मनाउन थालिएको छ।

Forest
Forest
Ad.

यो मेलामा स्थानीय कला, सस्कृति झल्काउने पर्वको रुपमा विकास गर्न लागिएको समितिका सचिव विष्णुप्रसाद आचार्यले बताउनुभयो। मेलालाई निरन्तरता दिन उनीहरुले राज्य र स्थानीय तहको लगानी बढाउनुपर्ने बताउनुभयो।

बागलुङको ग्वालीचौर, भीमगिठे, दगातुम्डाँडा र जलजला, गुल्मीको पौंदी अमराई, नेटा दर्लिङ र इस्मा समेत मिलाएर संयुक्त न्वागी मेला आयोजना गरिएको हो। नयाँ धानबाली भित्राउनका लागि न्वागी खाने चलनलाई मेलाको रुपमा भित्राइएको हो।

Awareness by SKF

स्थानीयको एकसय मुरी धान उत्पादन हुने जग्गाहरुको व्यवस्थापन गरेर तत्कालिन अवस्थामा बनेको गुठी र जग्गालाई अहिले पनि परम्पराको रुपमा लिने गरिन्छ। यद्यपी अहिले उक्त जग्गा सामुहिक सम्पत्तिको रुपमा छैन। छत्रभूमिको रुपमा गुठीको नामाकरण पनि गरिएको छ। उक्त गुठीको चामलबाट न्वागी खाने, विभिन्न पूजाको अक्षेता बनाउने र मेला आयोजना समेत गरिन्छ।

मंसिर ५ गतेदेखि ८ गतेसम्म मेला आयोजना गरिएको छ। मेलामा १ लाख राशिको गाउँपालिका अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगीता, सांस्कृतिक झाँकी, लोकदोहोरी गीत प्रतियोगिता, नृत्य, रस्साकस्सी, लगायतका आर्कषण समेत राखिएको छ।

उद्घाटन सत्र पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, बडिगाड डोजोका अध्यक्ष राजन पाईजाको स्वागत मन्तव्य र सचिव विष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया