Hi-Speed Computer

Awareness Campaign

चिठ्ठा किन्दा एक व्यक्ति बने अर्बपती



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

एजेन्सी: लटरीको टिकट किन्नु र चिठ्ठा पर्नु कुनै जुवा खेले भन्दा कम हुँदैन। धेरैले यसलाई भाग्यसँग दाँजेर हेर्छन्। त्यसैले कतिपयले वर्षौँदेखि चिठ्ठा किन्छन्। यस्तैमा अमेरिकामा एक व्यक्तिले ३० बर्षदेखि चिठ्ठा किने। सधैँ निराशा हात लाग्ने उनलाई यस पटक भने सफलता हात लाग्यो।

अमेरिकाको मिशिगन निवासी ती व्यक्तिले सन् १९९१ देखि चिठ्ठा टिकट किन्दै आएका थिए। उनी सधैँ एकै नम्बरको सेटको टिकट किन्दथे। अन्ततः उनी चिठ्ठाबाट अर्बपती बने। ६१ वर्षीय ती व्यक्तिको नाम भने गोप्य राखिएको छ।

ती व्यक्तिका अनुसार चिठ्ठा नपर्दा कैयौँ पटक नम्बर बदल्ने सोचे। तर उनको मनले यही नम्बरमा कुनै दिन चिठ्ठा पर्छ भन्ने थियो। त्यसैले आफ्नो सोच बदलेर उनी सधैँ एकै नम्बरको टिकट किन्दथे। जसका कारण उनले १८.४१ मिलियन अर्थात २ अर्ब १८ करोड भन्दा बढी नेपाली रुपैयाँ बराबर जिते।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया