कृष्ण अन्जान, गुल्मी: गाउँले जीवन सबैलाइ आ-आफ्नै टन्टाे। वस्तु भाउलाइ घाँस-दाउरा, मेलापात खेतीपातीकाे पिरलाे उस्तै। कहिले बाली लगाउने त कहिले थन्क्याउने पिरलाे।
यहि पिरलाेभित्र रुरुक्षेत्र-५, टाहाटिमका एक हुल आमा, दिदीबहिनीहरु रिडी मास्तिर रातामाटमा भेटिए।
यी आमा दिदी बहिनीहरुलाई पनि आफ्नै टन्टाे थियाे। गाउँले जीवनमा आमा दिदी बहिनीकाे पहिलाे काम हुन्छ दैलाे कुचाे। यहि दैलाे लिप्ने माटाे लिन उनीहरु टाहाटिमबाट करिब २० किलोमिटर टाढा रुरु क्षेत्र १ काे रातामाटा पुगेका हुन।
‘गाउँतिर पनि राताेमाटाे त छ तर खन्न पाइँदैन। खन्न गयाे भने माटाे चाेरेकाे भन्छन। त्यसैले हामी त बर्षेनी यहिँ आउछम।’ उमेरले ३ बिस कटेकी अामा विष्णु पुरीले भन्नुभयाे।
टाहाटिमसम्म बस चल्न थालेपछि रातामाटाकाे माटाे गाउँसम्म लान सजिलाे भएकाे छ। स-साना बाेरामा भरेका करिब ३० बाेरा माटाे बसमा चढाउँदै टाहाटिमकी निर्मला पुरीले भन्नुभयाे, ‘केलाइ गाउँमा माटाे खन्दा कसैकाे कुरा सुन्नु पर्याे? खुरुक्क यहिँ अाया लयाे।’
रातामाटाबाट लाने माटाे पनि टाहाटिमका आमा दिदि बहिनीहरुले सित्तैमामा भने लगेका छैनन। ‘एक बाेरा माटाेकाे साठी रुपैयाँ पर्छ। गाडीले टाहाटिम पुर्याएकाे किलाकाे १ रुपैंया लिन्छ। त्यसमाथि आफ्नाे भाडा समेत जाेड्दा माटाे महङ्गै पर्छ। त्यैपनि उता कुरा सुन्न भन्दा महंगै परेपनि यहिँ आएर लाने गरेका छौँ।’ बिजुला गिरीले भन्नुभयाे।
रुरुक्षेत्र-१ काे रातामाटा क्षेत्रमा पाइने माटाे गेरु जस्तै राताे मात्रै छैन, लेसाइलाे पनि भएकाले गाउँघरका आमा दिदी बहिनीहरुकाे राेजाइमा यहाँकाे माटाे परेकाे छ।
त्यसाे त यहाँकाे माटाे पनि सार्वजनिक त हैन । कसैकाे बारीबाट खनेर लानु पर्छ तर सम्माे जग्गामा खन्न पाइने हुनाले सुरक्षित पनि छ।
नेपालमा धेरै आमा, दिदीबहिनीहरुले माटाे खन्दा ढिस्काले पुरिएर ज्यान गुमाउन परेका घटना हरेक वर्ष सुनिन्छन। अामा, दिदीबहिनीले खतरै माेलेर पनि दैलाे लिप्न, घर राम्राे बनाउन माटाे र कमेराे लिनजाने चलन अझै राेकिएकाे छैन।
गाउँका आमा दिदीबहिनिलाई लिप्ने माटाेले ठुलाे महत्त्व राख्छ। ‘हाम्रो पहिलाे काम नै दैलाे लिपेर सूरु हुन्छ। अनि माटाेकाे जाेहाे नगरी भएन।’ टाहाटिमकी सीता गिरीले भन्नुभयाे।
गाउँ घरमा अझैपनि परम्परावादी शैलिका घरहरु छन। ती घरहरुकाे सुन्दरता लपक्क माटाे र कमेराले लिपेपछि झल्किने हुँदा गाउँ घरका अामा दिदी बहिनीहरु माटाे र कमेराेमा हुरुक्कै बन्न छाडेका छैनन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |