Awareness Campaign

गाउँकाे माया छपक्कै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

कृष्ण अन्जान, गुल्मी: गाउँकाे सुख छाडेर शहर पसेकाहरुलाई पछिल्लो पटक मातृभूमीकाे आकर्षणले तान्न थालेकाे छ। रुरुक्षेत्र गाउँपालिकाकाे वडा नं. १ च्यूरेकका ओम ज्ञवाली यतिबेला आफ्नै गाउँमा रमाउँदै हुनुहुन्छ।

करिब नौ वर्षको काेरिया बसाई पछि बुटवललाई कर्मथलाे बनाउँदै आउनु भएका ज्ञवालीलाई आफ्नाे पुर्ख्यौली थलाेले यसरी तानेकाे छ कि जतिबेला पनि बाबुबाजेकाे माटाेमा लडिबुडी गर्नुहुन्छ।

‘फेरि तिनै दिन सम्झना बनेर आए। यहि माटाेमा हुर्कियाे बढियाे। दाउरा घाँस यहि माटाेमा गरेकाे र यिनै पाखा पखेरामा रमाएका पुराना याद हरु उता बस्दा झल्झल्ली आएर भएन गाउँ फर्किएन भने त पुर्खाकाे थलाे ले सराप्छ भनेर फर्केँ।’ बारीमा भदौरे झार काट्दै ओम ज्ञवालीले भन्नु भयाे।

Forest
Forest
Ad.

हुनपनि वर्षको करिब दुईतिहाई दिन च्यूरेक तिर बिताउने ओम ज्ञवालीले गतवर्ष मात्रै स्थानीय नेटाई पाेखरीमा सुविधा सम्पन्न नयाँ घर समेत बनाउनु भएकाे छ।

गाउँ फर्काउन उत्प्रेरित गर्नु पर्छ भन्ने हाम्रो मान्यता हाे। गाउँकै केही समाजसेवी भनाउँदाहरुले हामी पनि बटौली झर्ने भनेकाे तिमिहरु यता निस्केछौ भन्दै निराश बनाएकाेमा ओम ज्ञवालीले दुख व्यक्त गर्नु भयाे।

बुटवलमा व्यवसाय गर्ने हरि ज्ञवालीले पनि गाउँमै फर्कने मनसायले गाउँकाे जग्गा चर्कै माेलमा खरिद गरेर नयाँ अध्याय शुरुवात गर्नु भएकाे छ।
‘आफ्नाे गाउँकाे माया कसरी मार्न सकिन्छ र? अब पछिल्ला दिन गाउँमै बस्ने तयारी गर्दैछु’, हरि ज्ञवालीले भन्नु भयाे।

‘हामी शहर झरेकाहरु फेरी गाउँ तिर फर्कदा सबैका लागि उर्जा हुन्छ।’ ज्ञवालीकाे भनाई छ। त्यसो त पछिल्लो पटक धेरै मान्छेलाई गाउँले खिचेकाे छ। गाउँकाे बसाईमा आफ्नै खालकाे आनन्द र नयाँपनकाे आभास भएर हाेला शहर तिर अवसरकाे खाेजिमा जानेहरुलाई गाउँले आकर्षित गर्दैछ।
रुरुक्षेत्रकाे च्यूरेक गाउँमा त जग्गा खरिद गर्न खाेज्नेहरुले पनि पाउन छाडेका छन।

Awareness by SKF

घर आँगनमै सडक, झलमल्ल बिजुली, एकघर एकाधारा सँगै बस्न पनि सित्तल र उत्पादन पनि राम्रै हुने भएपछि गाउँमा बेचेर शहर तिर जानेहरुले एउटा घडेरी खाेजिरहेका छन तर कसैले एक राेपनी पनि जग्गा बेच्न खाेज्दैन।

रिडीबजारका व्यवसायीहरु पनि याे क्षेत्रकाे ठुलापाेखरा देखि स्यालपाेखरी सम्मकाे डाँडाकाे क्षेत्रमा घडेरी खरिद गर्दै बसाेबास माथि गर्ने र रिडीमा व्यवसाय गर्ने साेँच बनाएकाे बताउँछन।

बसाईकाे दृष्टिकोणले च्यूरेककाे उपल्लो भाग अत्यन्तै ठिक छ र माथिल्लो भागलाई एकीकृत वस्ति विकास गर्दै रेसिडेन्टल क्षेत्र र रिसाेर्टहरुकाे निर्माण समेत गरिनु पर्छ रुरुक्षेत्रका युवा नेता हिमाल श्रेष्ठ आफ्नाे अवधारणा प्रस्तुत गर्नु हुन्छ।

यतिबेला च्यूरेककाे सालबिसाउना हुँदै स्यालपाेखरी देखि पानी टंकि सम्म जाने बाटाेकाे स्तरोन्नति संगै कालाेपत्रेका लागि टेन्डर भई सकेकाे छ। यहि बाटाेलाई तानसेन-रिडी माेटरबाटाेमा जाेडेपछि यातायातकाे सहजता हुनेछ भने यहि सडकका वरिपरिका सहायक सडक सँगै माथिल्लो च्यूरेक सँग जाेड्ने गरि रातामाटा बुढाआँप गाेलपाेखरी ठाडाबाटा बिसौनामा सालबिसौना स्याल पाेखरी पानीटङ्की मुख्य सडकमा रिङ्गराेडकाे राेपमा जाेडिएकाे छ।

यसैगरी जानपाटाकाे घुम्टी देखि नेटाईपाेखरी, ठुलापाेखरा देखि दाेबाटामा जाेडिएकाे सडक स्ताराेन्नति भए सँगै दुईवटा रिंगराेडले च्यूरेकलाई घेरे सँगै याे गाउँकाे सबै क्षेत्र बस्न लायक हुने भएकाले पनि च्यूरेकमा जग्गा प्रति अाकर्षण बढेकाे पाईएकाे छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया