Clean Water Campaign

Awareness Campaign

अवरुद्ध रिडी रुद्रावेनी सडक १० दिनपछि खुलाइयो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: कात्तिक ३ गतेदेखि अवरुद्ध रहेको जिल्लाको रिडी रुद्रावेनी सडक खुलेको छ।

सडक खुलाउनका लागि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्म गुल्मीको टोलीले बम विष्फोट गराएर सडक खुलाएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए।

रिडी रुद्रावेनी सडकखण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो।

सिंचाई
Forest
Ad.

अबरुद्ध सडक खुलाउनका लागि गौँडाकोट राम्दी मालढुङ्गा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो। पहिरोको बिचमा ठूला ठूला ढुङ्गाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिए पछि सेना परिचालन गरिएको पौडेलले जानकारी दिए।

गत बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई विस्फोट गर्न दिने निर्णय गरेको थियो। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया