कृष्ण अन्जान, गुल्मी: भविष्यकाे संभावनालाई देखेर वर्तमानमा व्यवसायमा मान्छेले लगानी गर्छ। रुरुक्षेत्रकाे रुरुधाममा पनि यतिबेला हाेटल क्षेत्रमा लागानिकर्ताहरुले लगानी गर्न थालेका छन।
विगत एक वर्ष देखि बसपार्क क्षेत्रमा स्थानीय युवा शैलेन्द्र दर्लामीले करिव तीन कराेडकाे लगानीमा हाेटल बिहानी सन्चालनमा ल्याउनु भएसँगै रिडीबजारमा सुविधा सम्पन्न हाेटलहरुकाे निर्माण कार्यले तिव्रता पाएकाे छ।
लगानी ठुलै लगाएर सुविधा सम्पन्न काेठाहरु, ताताे चिसाे पानीकाे व्यवस्था सहितका एअर कन्डिसनका काेठाहरु सहितकाे हाेटल विहानी रुरुक्षेत्रकाे सुविधा सम्पन्न हाेटल हाे।
रेष्टुरेन्ट बार सहित विभिन्न खानाका परिकार पस्कदै आईरहेकाे हाेटल विहानी विशेषत तन्दुरी राेटिका लागि याे क्षेत्रकै ब्रान्ड मानिन्छ।
पछिल्लो पटक गाेष्टी र सेमिनारका लागि हल समेत निर्माण गरेकाे हाेटल विहानि रिडी बसपार्क देखि पचास मिटर पुर्व कालिगण्डकी करिडोर सँगै रहेकाे छ।
यसै गरि पछिल्लो पटक रुरुक्षेत्र-३, मुसिडाँडाका युवा उधमी नारायण ज्ञवालीले तीन कराेडकाे लागतमा हाेटल क्राउन सन्चालनमा ल्याएका छन्।
कालिगण्डकी र रिडी खाेलाकाे संगम नजिकै कालिगण्डकी करिडारकाे छेउँमै सन्चालन गरिएकाे हाेटल क्राउन छाेटाे समयमै चर्चामा छ।
दुईवटा सभाहल सहित सुविधा सम्पन्न ताताे चिसाे पानी र एअरकन्डिसन काेठाहरु सहितकाे हाेटल क्राउनमा चाईनिज कन्टिनेन्टल तथा स्थानिय स्वादकाे मज्जा लिन सकिन्छ।
क्राउन हाेटलकाे अर्काे विशेषता रुरुक्षेत्रबाट बग्ने कालिगण्डकी रिडी खाेलाकाे वहावका साथै ऋषिकेश मन्दिर र किपटकाे हनुमान स्थानकाे हरेक तलाबाट अवलाेकन गरि आनन्द लिन मिल्छ भने हाेटल नजिकैबाट तीन मुखे पुलकाे शयर गर्न सकिन्छ।
रिडी बसपार्कबाट करिब चारसय मिटर पुर्वमा रहेकाे हाेटल क्राउन विशेष गरि रिडीमा आन्तरिक पर्यटककाे आकर्षण त बनेकाे छ नै स्थानीयहरुले विवाह तथा जन्माेत्सवका लागि हाेटल क्राउन नै राेज्ने गरेकाे हाेटल सन्चालक नारायण ज्ञवालीले बताए।
यसै गरि रिडीबजारका हाेटल व्यवसायी विक्रम रायमाझी पनि सुविधा सम्पन्न हाेटल निर्माणकाे अन्तिम चरणमा हुनुहुन्छ बसपार्क क्षेत्रमा रायमाझीले हाेटल निर्माण गरिरहेका छन।
मुख्यत रुरुधाममा बन्दै गरेकाे तिनमुखे पुल कालिगण्डकी करिडाेर रुरु बृहत्तर धार्मिक पर्यटन संरचनाकाे निर्माणले हाेटल व्यवसाय बढ्न थालेपनि याे क्षेत्रमा जग्गाकाे पर्याप्तता नहुँदा अझै सुविधा सम्पन्न हाेटल लज र रिसाेर्टका लागि स्याङ्जाको किटप रुरु २ काे याढुँग रुरु १ काे च्यूरेक क्षेत्रमा ठुला हाेटल रिसाेर्ट र लजका निर्माणका लागि पहल गरिनु पर्ने देखिएकाे छ। सेतोमसी डटकममा यो खबर छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |