Awareness

कालिगण्डकी करिडोरमा डाँडो नै खस्यो, रिडी-रुद्रावेणी सडकखण्ड अवरुद्ध

खबर प्रमुख खबर

Place for ads

कृष्ण अन्जान, गुल्मी: कालिगण्डकी करिडाेर अन्तरगतकाे रिडी-रुद्रावेणी सडकखण्ड अवरुद्ध भएकाे छ।

करिडोरकाे साँघुरे तालदाेमाई खण्डकाे बिचमा भैलिखाने डाँडाे नजिकै पहिराे गएपछि सडक अवरुद्ध भएकाे याढुँगबाट स्थानीय रामु कुँवरले बताए। सडक अवरुद्ध भएपछि सवारी साधनहरु अलपत्र परेका छन।

Get Vaccinated

रिडी तिरबाट गएका सवारी साधनहरु फर्केकाे र वामी, खैरेनी, शान्तिपुर तर्फबाट आएका सवारी साधनहरु मिर्मी हुँदै वैकल्पिक सडक प्रयाेग गरी गएकाे बताईएकाे छ। पहिराे गएकाे जानकारी प्राप्त भईसकेपछि रिडी इलाका प्रहरी कार्यालयबाट प्रहरी पहिराे गएकाे क्षेत्रमा पुगेकाे र पैदल यात्रुलाई पनि हिँड्न राेक लगाईएकाे प्रहरीले जनाएको छ।

भैलिखाने डाँडाे पुरै खसेकाे र पहिराे खस्ने क्रम नराेकिएकाेले सडक खुलाउने कार्यमा अवराेध भएकाे रिडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिए।

‘हामीले कन्स्ट्रक्सनका साथीएहरुसँग कुरा गरि सकेका छौँ, पहिराे झर्न छाडेपछि तुरुन्तै सडकमा डाेजर लगाएर आवागमन सुचारु हुनेछ।’ निरिक्षक बमले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *