Hi-Speed Computer

Awareness Campaign

पहिलोपल्ट छुवाछुतमुक्त समाजमा दशैँ मनाउँदै ढोरपाटनवासी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार: केहि महिना अघि मात्र छुवाछुतमुक्त वडा घोषणा भएको बागलुङ्गको ढोरपाटन नगरपालिका-३ का दलित समुदायहरुले यसपाली पहिलो पटक समतामुलक समाजमा दशैँ मनाउँदै छन्।

उक्त वडालाई छुवाछुत मुक्त वडा घोषणा गरिएपछि पहिलाेपटक समतामुलक दशैँ मनाएका हुन्।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले भने, ‘म आफु पनि दलित समुदायकै भएकोले मुलुकका लागि नयाँ पहिचान दिनु पर्छ, दलितहरुको हकहितका लागि केहि गर्नु पर्छ भन्ने सोचेर साविक बुर्तिबाङ गाविस-८ हाल ढोरपाटन नगरपालिका-३ को घोसाखानी गाउँलाई छुवाछुत मुक्त वडा घोषणा गरिएको हो।’

Forest
Forest
Ad.

उनले त्यस वडामा प्रायः सिंङ्गो दलित समुदाय रहेको र अन्य वर्ग समुदाय पनि चेतनशील भएको र उहाँहरु समेतको सहयोग समर्थनमा त्यस वडालाई छुवाछुतमुक्त वडा घोषणा गरिएकोले कुनै चुनौती आई नपरेको बताए। मेयर नेपालीले छुवाछुत मुक्त वडा सम्भवत देशमै पहिलो भएको हुन सक्ने सुनाए।

उनले आगामी मंसिर महिना सम्म ठुलै कार्यक्रम राखेर सिङ्गो ढोरपाटन नगरपालिकालाई नै छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने तयारी गरिएको जानकारी दिए।

छुवाछुतमुक्त घोषणा भएको त्यस वडा स्थित दलित चेतनशीेल युवा क्लवका अध्यक्ष रामबहादुर विकले मेयर देवकुमार नेपाली कै पहलमा छुवाछुतमुक्त वडा घोषणा गर्न सकिएको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया