Clean Water Campaign

Awareness Campaign

रहेनन् गुल्मीको वामीटक्सारका समाजसेवी शाक्य



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

– प्रेम सुनार

गुल्मी: गुल्मी जिल्लाले एक जना समाजसेवीलाई गुमाएको छ। नेपाली कांग्रेस मुसिकोट नगर कार्यसमिति सभापति समेत रहेका समाजसेवी सुदर्शन शाक्यलाई गुल्मी जिल्लाले गुमाएको हो।

शाक्यको ५३ बर्षको उमेरमा बिहिवार बिहान ४ बजेको समयमा निधन भएको छ। पाँच दिन अघि स्वास्थ्यमा समस्या आए पछि सभापति शाक्यलाई बुटवलको गौतम बुद्ध मुटु अस्पलामा लगिएको र बिहान ४ बजेको समयमा उपचारकै क्रममा हृदयघात भई उनको मृत्यु भएको उनका भाई सन्तोष शाक्यले बताए। उनको शव बिहिवार बिहान सदरमुकाम तम्घास स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा ल्याईएको थियो। पार्टी कार्यालय परिसरमा कांग्रेसले श्रद्धाञ्जली सभा गरी पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको थियो। पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र पुर्व पार्टी सभापति सुरेशचन्द्र भुसालले पार्टीको झण्डा ओढाई सम्मान व्यक्त गरेका थिए।

सिंचाई
Forest
Ad.

त्यस्तै रेसुङ्गा नगरपालिकाको नवौँ नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै गरेका नगरप्रमुख डिल्लीराज भुसाल, उपप्रमुख सिता भण्डारी सहितका जनप्रतिनिधीहरु बालमन्दिरमा चलिरहेको नगरसभा छाडेर कांग्रेस पार्टी कार्यालयमा पुगेर स्वर्गिय शाक्य प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पार्टी अध्यक्ष विरबहादुर कार्की ‘चाहल’, नेकपा एमालेका जिल्ला पार्टी कार्यालय सदस्य कृष्ण सुनार, जनता समाजवादी पार्टीका अध्यक्ष घनश्याम पाण्डे लगायत विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रमुख प्रतिनिधीहरुले स्वर्गिय शाक्य प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनको निधनले नेपाली कांग्रेस पार्टीलाई मात्र नभई जिल्लाको सिङ्गो सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसका पार्टी सचिव खिलध्वज पन्थीले बताए।

वामीटक्सारले सामाजिक खम्बा गुमायो

Awareness by SKF

वामीटक्सार बजारमा कुनै समय वैद्य र नामुद व्यापारीका रुपमा परिचित गणेशलाल श्रेष्ठ र आमा गोमादेवी श्रेष्ठको कोखबाट २०२५ साल असार १३ गतेका दिन जेष्ठ सुपुत्रका रुपमा जन्मिएका सुदर्शन शाक्य बाबुले गर्दै आएको व्यापार व्यवसायको पिढो थाम्दै समाजसेवामा पनि सक्रिय हुँदै आएका थिए।

वामीटक्सारका नेवार समुदायको नेवारी संस्कृतिका संरक्षकका रुपमा पनि उनको भुमिका रहँदै आएको थियो। त्यस्तै साविक वामी गाविसको शिक्षा , स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा उनको योगदान अतुलनिय रहेको त्यहाँका वासिन्दा तथा महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, वामीटक्सारका शिक्षक सरोजकुमार बौद्धचार्य बताउँछन्।

‘यस भेगमा गर्न लागिएका विभिन्न महोत्सव होस् वा अन्य जुनसुकै कार्यक्रममा उहाँ अग्रमोर्चामा खट्ने व्यक्ति हुनुहुन्थ्यो। दुर्भाग्यवश हामीले यस भेगका एउटा खम्बा समाजसेवीलाई गुमाउनु पर्दा भावविह्वल भएका छौँ।’ शिक्षक बज्रचार्यले भने। उनका अनुसार बज्राचार्य बौद्धविहार समाज वामीटक्सारका स्वर्गिय शाक्य सचिव थिए।

लुम्बिनी मेडिकल कलेज, पाल्पा, प्रभास अन्तर्गत वामी अस्पताल सञ्चालक समितिका अध्यक्ष थिए। त्यस्तै कृष्णहरि रुद्रावती आँखा अस्पतालका पनि अध्यक्ष थिए। त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ, मुसिकोट शाखाका पनि अध्यक्ष थिए। वामीटक्सार कै महेन्द्र आदर्श नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका पनि अध्यक्ष थिए।

वामीटक्सारमा सञ्चालित रेडियो स्थापना गर्न उनको अग्रणी भुमिका रहेको थियो। उनि त्यस रेडियो सञ्चालक समितिका संस्थापक अध्यक्ष हुन्। त्यहाँका वित्तिय संस्था सहित दर्जनौँ सामाजिक संस्थामा उनी आवद्ध थिए। सदैव हंशमुख र मृदभाषी शाक्य सरल र फरासिलो स्वभावका व्यक्ति थिए। उनका एक भाई र दुई बहिनीहरु रहेका छन्। घरमा श्रीमति ईन्द्रमाया शाक्य सहित दुई छोरा र ३ छोरीहरु रहेका छन्। उनी नेपाली कांग्रेस जिल्ला कार्य समितिका पनि सदस्य थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया