सिन्धुली । सिन्धुलीमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
जिल्लाको कमलामाई नगरपालिका–१० डाँडाटोलमा गए राति अन्दाजी १ बजे सामान्य विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले आफ्नै ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको हो।
घटनाबारे राति १:१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनामा संलग्न मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
…..
पोस्ट मिति : १ मङ्सिर २०८३
समय : ११ :१५ बजे
…..
ओझेलका खबर — खबर भित्रको खबर
….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






