Smoking Causes Cancer

रौतहटमा पुलमा स्कुटर ठोक्किँदा दुई किशोरको मृत्यु, दुई जना घाइते



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

 रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएकोमा चिकित्सकले दिउँसो ४:३० बजे मृत घोषणा गरेका थिए।

सिंचाई
Forest
Ad.

त्यस्तै, रौतहटको यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।

घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

……

पोस्ट मिति : ३०  कात्तिक २०८३
समय :  साँझ १९ .१० 

Awareness by SKF

…….

ओझेलका खबर — खबर भित्रको खबर

…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो