गएराती करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चित्लाङस्थित चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त चरेस बरामद गरेको हो।
प्रहरीका अनुसार बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको जिप रोकी जाँच गर्दा ६ किलो ४० ग्राम चरेस फेला परेको थियो। चरेस बरामद भएपछि जिपका चालकसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३, सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८, तीनदोबाटो बस्ने अन्दाजी ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११, कोल्टाँडी स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने अन्दाजी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्। बरामद चरेस, जिप र पक्राउ परेका दुवै जनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
…..
पोस्ट मिति : ३० कात्तिक २०८३
समय : बिहान १०.५ बजे
….
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




गएराती करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चित्लाङस्थित चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त चरेस बरामद गरेको हो।

