सुर्खेत । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ३ लाख ७७ हजार ८५० रुपैयाँ नगदसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८३ कात्तिक २३ गते राति करिब २ः४० बजे वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित स्थानीय पदम चौलागाईंको घरमा जुवातास खेलाइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक किसमत बुढामगरको कमान्डमा १६ जना, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट प्रहरी निरीक्षक हिमाल थापामगरको कमान्डमा २१ जना र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक जितेन्द्र कठायतको कमान्डमा १५ जनाको संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट जुवातास र नगद ३ लाख ७७ हजार ८५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका आठै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
…..
पोस्ट मिति : २३ कात्तिक २०८३, सोमबार
समय : —अपरान्ह ४ .१५ बजे
…..
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









