काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा दिनदहाडै एक युवकको हत्या भएको छ।
दिउँसो करिब साढे २ बजे विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
गम्भीर घाइते अवस्थामा रहेका घिमिरेलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार साथी–साथीबीच भएको सामान्य विवादले हिंसात्मक रूप लिँदा यस्तो दुखद घटना भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र पक्राउका लागि प्रहरी टोली सक्रिय रूपमा खटिएको एसपी भट्टराईले बताएका छन्।
“संलग्नको पहिचान भइसकेको छ, चाँडै पक्राउ गर्छौं,” उनले भने।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




