Salime Malika Krishi Farm

Awareness Campaign

बाँकेमा युवक हत्या प्रकरण: ६ जना पक्राउ



ओझेलका खबर
५० मिनेट अगाडि


Awareness

Place for ads

नेपालगञ्ज — जिल्ला प्रहरी कार्यालय बाँकेले एक गम्भीर झगडामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उक्त घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्।
प्रहरीका अनुसार यहि वैशाख २९ गते राति नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा आयोजित एक व्रतबन्ध कार्यक्रममा सहभागी भएका युवाहरूबीच सामान्य विवादबाट झगडा सुरु भएको थियो। कार्यक्रममा सहभागी साथीहरू राति सँगै बसेका थिए।
विवाद चर्किँदै जाँदा बिहान करिब २ बजे दीपेन्द्र राज गिरी र विशाल चन्द ठकुरीबीच झगडा भएको थियो। त्यसपछि दीपेन्द्र त्यहाँबाट निस्किएर आफ्ना अन्य साथीहरूलाई फोनमार्फत बोलाएका थिए। बिहान करिब ५ बजे उनीहरू मोटरसाइकलमा आएर पुनः घटनास्थल पुगेका थिए।
त्यसपछि समूहले कोठामा सुतेका विशाल चन्द ठकुरीमाथि बियरका बोतल, चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याउँदै निरन्तर आक्रमण गरिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका विशाल चन्द ठकुरीको सोही दिन बिहान ६ बजे उपचारका क्रममा सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा मृत्यु भएको हो। घटनामा अर्का एक जना घाइते भएका छन् भने उपचारपछि डिस्चार्ज भएका छन्।
प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा दीपेन्द्र राज गिरीसहित विभिन्न जिल्लाका युवकहरू रहेका छन्। उनीहरूबाट चक्कु, मोटरसाइकल र बियरका बोतलसमेत बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी दिपक पातलीले जानकारी दिए ।

 

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो