Salime Malika Krishi Farm

Awareness Campaign

सडक दुर्घटनामा बुटवलका युवकको मृत्यु



ओझेलका खबर
१४ मिनेट अगाडि


Awareness

Place for ads


चैत्र १०, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा भएको सवारी दुर्घटनामा बुटवलका एक युवकको मृत्यु भएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क निवासी २१ वर्षीय उमेश गुप्ताको दुर्घटनामा ज्यान गएको हो।
मंगलबार बिहान भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले मधेश प्रदेश ०३–०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका गुप्तालाई उद्धार गरी थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्रक चालक सप्तरी सुरुङ्गा–१ निवासी २९ वर्षीय मुकेश कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकसमेत नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो