रोल्पा , मङ्सिर -१६ । जिल्ला प्रहरी कारालय रोल्पाले गोप्य सुचनाको आधारमा त्यहाँ स्थित एक घर बाट घरेलु मदिरा र त्यसको कच्चा पदर्थ (जाँड) बरामद गरेको छ ।
सोमबार दिउँसो १२:४० बजेको समयमा जिल्लाको सुनिल स्मृति गाउँपालिका -१ सल्लिपिपलका श्रीधर कुवरको घरमा लुकाई छिपाई राखेको घरेलु मदिरा रकरिब ५ सय लिटरचामल बाट बनेको जाँड बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय .खुङ्ग्रीबाट प्रहरी वरिष्ठ हवल्दार खडक बहादुर गिरीको कमाण्डमा-२ जना र तालुक ईलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी नायव निरीक्षक ओम प्रकाश बटलाको कमाण्डमा-२ जनाको टोली सम्बन्धित स्थानमा पुगेर र वरपर खान तलासी गर्दा निज कँवरको घर अगाडि आगनमा ९ वटा ड्रममा लुकाई छिपाई राखेको अबस्थामा बरामद गरिएको थियो ।
उप्त सामाग्री रितपुर्बक बरामद समेत गरी स्थानिय जनप्रतिनिधिको रोहवरमा हिजो साढे एक बजे को समयमा नष्ट गरिएको जिल्ला प्रहरी कर्यालय रोल्पाले जनाएको छ । रोल्पा जनजाति र दलित समुदाय बाहुल्य जिल्ला हो ।
जहाँ ति समुदाय मध्येका कतिपय परिबारमा देवी देउता कुल पितृलाई समेत रक्सी चढाउने प्रचलन छ । ति समुदायका महिलाहरुले त्यसै बाट चुरा डोरीका अलवा गरिब परिबारले बिहान बेलुकाको गुजरा चलाउदै आएका छ्न ।
उता शहरका ठुला उद्धोग पतिहरुको घरेलु मदिरा भन्दा स्वास्थ्यलाई हानिकारक केमिकलयुक्त कमसल टुन्कुलो जस्ता सिल्ड प्याक मदिरालाई भने राज्यले बैधानिकता दिएर राजश्व बुझाएको नाममा चौबीसै घन्टा विकृ वितरण भईरहेको छ ।
आफ्नै घरेलु उत्पादनलाई भने राज्यले वैधानिकता दिन सकेको छैन । राजधानीका नेवार समुदायको निम्तामा पुग्ने हिजोका राजा देखि आजका मन्त्री सम्मले प्रसादका रुपमा त्यहि घरेलु मदिरा सेवन गर्ने गर्दछ्न ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







