गुल्मी , कार्तिक -५ । गुल्मीको पौदि अमराई गाउँका बोम बहादुर खत्रीको शव आज फेला परे पनि अफ्ट्यारो भिर भएका कारण आज निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका-१ पैंदीअमराईकाे बगाहाका ४७ वर्षीय कार्तिक २८ गते देखि बेपत्ता थिए ।
घरमा एक्लै बस्दै आएका उनी शुक्रबार दिउँसो साढे ३ बजे मात्रै नजिकैको भीरमा मृत अवस्थामा फेला परेकि र पडाका आधारमा उनकै शव भन्ने पहिचान भएको तर अप्ठ्यारो भीरमा भएको कारण शव सशस्त्र प्रहरीसँग समन्वय गरेर शनिबार मात्रै निकालिने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनु भयो ।
एकातिर वडिगाड खेला तरेर जान नसकिने र अर्को तिर अप्ठ्यारो भीर भएकोले शव निकालेर पाेष्टमार्टका लागि सदरमुकाम ल्याउन नसकिएको उहाँको भनाई छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




