गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका, वामीमा एक आधुनिक, आकर्षक र गुणस्तरीय शिक्षा प्रदान गर्ने नयाँ विद्यालय सञ्चालनको तयारी भएको छ। काठमाडौँका प्रतिष्ठित विद्यालय सञ्चालन गरिसकेका अनुभवी शिक्षाविद्हरूको समूह ‘नयाँ पुस्ताका लागि नयाँ सोच’ भन्ने दृष्टिकोणका साथ सङ्गठित भएर यो विद्यालय स्थापनाको पहलमा जुटेको हो।
नयाँ विद्यालयले मन्टेस्वरी विधिबाट बालकक्षालाई अत्याधुनिक तरिकाले सिकाउने र कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई व्यावहारिक, कौशलमुखी र जीवनोपयोगी शिक्षामा केन्द्रित भएर पढाउने स्पष्ट योजना सार्वजनिक गरेको छ।
गुणस्तरमा अभिभावकको माग पूरा गर्ने उद्देश्य
विद्यालय खोल्ने प्रमुख पहलकर्ता सुवाश जि.सी.ले अभिभावकको बदलिँदो चाहनालाई सम्बोधन गर्न विद्यालय खोलिएको बताएका छन्। ओझेलका खबरसंगको विशेष अन्तरवार्तामा उनले भने, “अभिभावक अब पैसा तिर्छन्, तर बदलामा गुणस्तर खोज्छन्। बच्चाको भविष्यको लागि राम्रो शिक्षा चाहन्छन्। यही माग पूरा गर्ने हाम्रो उद्देश्य हो।”
वामी क्षेत्रमा रहेका बोर्डिङ स्कुलहरू मर्जर वा बन्द गर्ने अवस्थामा पुगेको पृष्ठभूमिमा नयाँ विद्यालय खोल्ने हिम्मतबारे सोधिएको प्रश्नमा जि.सी.ले गुणस्तरको कमी नै मुख्य कारण भएको दाबी गरे। उनी भन्छन्, “सरकारी विद्यालयमा हाल १२ सय बच्चा छन्, तर बोर्डिङमा झण्डै २०० जति मात्र। अभिभावकले पैसा तिरेर गुणस्तर खोज्छन्। गुणस्तर छैन भने रुखको पात हैन पैसा। यसैले नयाँ विद्यालय गुणवत्तामै केन्द्रित हुने छ।”
नेपालको शिक्षा प्रणालीमा व्यवहारिकताको अभाव
शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै जि.सी.ले देशको शिक्षा नीति व्यवहारिक र रोजगारमुखी नभएको बताए।
“राजनीतिक नारा, जुलुस, जिन्दावाद–मुर्दावादमै जकडिएको शिक्षा प्रणालीले जनताको बच्चाहरू भविष्यविहीन बनाइरहेको छ,” उनले भने। उनले बोर्डिङ विद्यालयहरूले पनि आवश्यक गुणस्तर दिन नसकेको स्वीकार गर्दै आफ्नो विद्यालय भने ‘राम्रो, व्यावहारिक, संस्कार र सीप युक्त बलियो भविष्य’ को मोडल लिएर अघि बढ्ने स्पष्ट पारे।
नयाँ विद्यालयका ३ मुख्य शिक्षण मोडल
अभिभावकहरूको चाहना (“म भन्दा मेरो सन्तानले राम्रो पढोस्, राम्रो मानिस बनोस्।”) लाई पूरा गर्न विद्यालयले ३ मुख्य शिक्षण ढाँचा तयार पारेको छ:
१. बालकक्षाको लागि: मन्टेस्वरी विधि
➤ खेल–आधारित सिकाइ, मन, मस्तिष्क, भाषा, गणित र व्यवहारिक क्रियाकलापमा जोड।
➤ बच्चालाई ‘आत्मविश्वासी र स्वतन्त्र’ बनाउने।
२. कक्षा १-१० का लागि: आधुनिक शिक्षण ढाँचा
➤ Concept-based learning, Practical & Project-based learning
➤ Digital literacy, Life-skills education, Discipline + Leadership Development.
३. मूल्यांकन र गतिविधि
➤ मासिक यूनिट टेस्ट, प्रोजेक्ट वर्क।
➤ खेलकुद, कला, संगीत, वैज्ञानिक क्रियाकलाप।
➤ Field visit र Practical Experiments।
वामीमा यस्तो विद्यालयको आवश्यकता किन?
स्थानीय क्षेत्रमा गुणस्तरीय सिकाइ खोज्ने अभिभावकको माग, बोर्डिङ स्कुलहरूको गुणस्तरमा आएको गिरावट, सरकारी विद्यालयमा बढ्दो भीड र वैकल्पिक विकल्पको अभावलाई मध्यनजर गर्दै वामी टक्सारमै यो आधुनिक र आकर्षक विद्यालय सञ्चालन गर्न लागिएको हो।
विद्यालयका मुख्य आकर्षणहरू:
➤ सुरक्षित र बालमैत्री मन्टेस्वरी कक्षा
➤ अनुभवी शिक्षकद्वारा सिकाइ
➤ डिजिटल कक्षा र आधुनिक सामग्री
➤ विद्यार्थीको सम्पूर्ण विकासमा ध्यान
➤ न्यायोचित शुल्क र पारदर्शी व्यवस्थापन
यो विद्यालयले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा, व्यवहारिक सीप र भविष्य–उन्मुख शिक्षण पद्धति ल्याउने लक्ष्य राखेको छ, जसले अभिभावक र विद्यार्थी दुवैका लागि भविष्यको उत्कृष्ट विकल्प बन्ने सामुदायिक अपेक्षा बढाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










