गुल्मी , कार्तिक -९: आज बिहान अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाईते भएका छ्न । त्यस मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्लाको छत्रदेव गाउँपालिका -५ डाँडाचौपारी स्थित छत्रगंज-सन्धिखर्क सडक खण्डमा छत्रगन्जबाट सन्धीखर्क तर्फ जाँदै गरेको लु १ज ४३५२ नं.को फोर्स गाडी ब्रेक फेल भई बाटोमा पल्टिन जाँदा तत्काल ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रबक्ता प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनु भयो ।
उहाँका अनुसार एक जना मालारानी गाउँपालिका १ बस्ने बर्ष ७० बर्षिय भोजराज भुषालको अबस्था गम्भिर भएका कारण बुटवल रिफर गरिएको छ । अन्य घाईते अर्घाखाँची अस्पताल बाट रिफर भई सकेका छ्न ।
चालक सहित १५ जना सवार थिए । तत्काल सुचना प्रबाहका लागि प्रहरी निरक्षक शर्माले पठाएको विवरण हामीले जस्ताको त्यस्तै पस्केका छौ ।
९ जना निम्न घाइते:-
१. चालक जिल्लाअर्घाखाँची पाणिनी गा.पा.-८ पाली वस्ने वर्ष २७ को वेल ब.मुखिया वाँया खुममा चोट अवस्था सिरियस ।
२. जिल्ला अर्घाखाँची मालारानी १ बस्ने बर्ष ७० को भोजराज भुषाल छाती र ढाडमा भित्री चोट अबस्था सिरियस
३. ऐ. छत्रदेव ७ बस्ने बर्ष ६८ की कमला देवी पाण्डे टाउको र नाकमा चोट अबस्था मध्यम ।
४. ऐ. मालारानी १ बस्ने बर्ष ६० कि रिमा भुषाल,ढाड र घाँटीमा चोट अबस्था सामान्य ।
५. ऐ. ऐ.बस्ने बर्ष ३५ कि सिता भुषाल टाउको चोट अबस्था सामान्य ।
६. जिल्ला रुपन्देही बुटवल १६ रानीगंज बस्ने बर्ष ५५ कमला सुवेदी टाउको चोट अबस्था सामान्य ।
७. जिल्ला अर्घाखाँची मालारानी ७ बस्ने बर्ष १८ कि पुजा पाण्डे दायाँ कानमा चोट अबस्था सामान्य।
८. ऐ.ऐ .बस्ने पुजा पाण्डेको छोरी बर्ष २ कि पवित्रा पाण्डे टाउको चोट अबस्था सामान्य ।
९. जिल्ला अर्घाखाँची छत्रदेव गा.पा. ५ डाडाँचौपारी वस्ने वर्ष २३ कि अञ्जना रसाइली छातीमा भित्री चोट अवस्था मध्यम
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






