Awareness Campaign

गुल्मीमा मोटरसाइकल पल्टिँदा लागु औषध फेला



प्रेम सुनार
२ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी: गएराती गुल्मीको कालिगण्डकी करिडोर सडकमा एक व्यक्ति सवार मोटरसाइकल पल्टिँदा उनको साथबाट प्रहरीले लागु औषध बरामद गरेको छ।

गएराती १० बजेको समयमा गुल्मीको कालिगण्डकी गाउँपालिका-२, राक्से स्थित कालिगण्डकी करिडोर सडकखण्डमा बुटवलबाट बाग्लुङ तर्फ आउँदै गरेको चालक बाग्लुङको बाग्लुङ नगरपालिका-२, रुद्रपिपल बस्ने बर्ष ३२ का मनोज प्रधानको साथबाट लागु औषध फेला परेको प्रहरीले जनाएको छ।

प्रधानले चलाई ल्याएको ध १ प ५५८२ नं. १२५ सि.सि.को होण्डा साईन मोटरसाइकल आफै पल्टिन गई स्थानीयले उठाउने क्रममा निज‌को साथमा रहेको कपडाको झोला भित्र कालो प्लाष्टिकमा लागु औषध रहेको जानकारी पाउनासाथ पुर्तिघाट प्रहरी चौकीबाट प्रहरी पुगेर बरामद गरेको जनाइएको छ।

सिंचाई
Forest
Ad.

त्यस चौकीबाट प्रहरी सहायक निरीक्षक रम बहादुर सारुको कमाण्डमा २ जनाको टोली खटिई गएको र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमाण्डमा ६ जनाको टोली पुगेको बताईएको छ।

मोटरसाइकल चालक प्रधानलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रिडीमा ल्याई हिरासतमा राखिएको र उनको साथबाट डाइजेपाम ३० एम्पुल, फेनेर्ग्रान ३२ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →