गुल्मी, कार्तिक ६: गुल्मीको अर्खलेमा आज बिहानपख आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ।
रेसुङ्गा नगरपालिका-४ मा पर्ने अर्खलेका ईश्वरी प्रसाद भण्डारीको तीन तले टिनले छाएको कच्ची घरमा आज बिहान करिब ४ बजेको समयमा विद्युत सर्ट सर्किट भई आगोलागी हुँदा पुर्ण रुपमा क्षति भएको हो।
घर संगै अन्नपात, लत्ताकपडा, भाडा वर्तन जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सो कार्यालयका अनुसार भण्डारीको सोही घर संग जोडिएको पक्की घरको छतमा बनेको टिनले छाएको २ वटा कोठा समेत जलेर आंशिक क्षति भएको छ। मानविय तथा चौपाया क्षति नभएको भन्ने जानकारी प्रहरीले बिहान ४:३५ बजे खबर पाए लगत्तै प्रहरी हवल्दार लोकराज पोख्रेलको कमाण्डमा ६ जनाको टोली उक्त स्थानमा पुगेको थियो।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा बिहान ५:४५ बजेको समयमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






