Smoking Causes Cancer

गुल्मीमा जिप दुर्घटना हुँदा एक जना घाईते



प्रेम सुनार
१२ महिना अगाडि


Place for ads

गुल्मी, कार्तिक ४: गएराती गुल्मीमा जिप दुर्घटना हुँदा त्यसका चालक गम्भीर घाईते भएका छन। जिल्लाको धुर्कोट गाउँपालिका-६, कमरचाल्नेका २९ बर्षीय कमल जिसी आफैले चलाएको लु ३ च ७१५३ नम्बरको डबरक्याव बलेरो जिप दुर्घटना हुँदा गम्भीर घाईते भएका हुन।

वडा नम्बर ४ को बर्वोटबाट नादी जाँँदै गरेको अबस्थामा ब्रेक फेल भई ढिस्कोमा ठोक्कीन जाँँदा जिसी घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी गंगाबहादुर सारुले जानकारी दिनुभयो।

जिसीलाई तत्काल धुर्कोट आधारभुत अस्पतालमा उपचार्थ लगिएको र त्यहाँबाट गुल्मी अस्पताल हुँदै थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास रिफर गरिएको डिएसपी सारुले हामीलाई पठाएको विवरणमा उल्लेख छ । जिपमा जिसी मात्र सवार रहेको बताईन्छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →