Smoking Causes Cancer

गुल्मेली सर्जक हेमनाथ खरालको लोपोन्मुख सोह्र आँख्ली सोरठी सार्वजनिक



ओझेलका खबर संवाददाता
१२ महिना अगाडि


       

Place for ads

गुल्मी: नेपाली धर्मावलम्बीहरुको महान पर्व तिहार नजिकिदै गर्दा समय सान्दर्भिक सोरठी गीत सार्वजनिक भएको छ। हाम्रो मौलिक सोरठीमा पनि विभिन्न विधा छन्, लोप भइसकेको सोह्रआँख्ली निर्माण गरेर हामी मौलिक संगीत पारखीहरुलाई धन्य बनाउनु हुने लोक सर्जक हेमनाथ खराल प्रति आभारी छौँ।

वरिष्ठ संगीत गुरु संगीत संयोजक बीबी अनुरागी समेत यो मिठास प्रस्तुति दिने दशैजना गायक गायिका कलाकारहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। अत्यन्तै राम्रो नचरी प्रस्तुत गरेका शेखर, चाहना, रविता, उहाँहरूको त शब्दले के वर्णन गर्न सकिन्छ र! सर्जक खरालले भन्नुभयो, ‘यो सोह्रआख्ली निर्माणमा सहभागी हुनुभएका सम्पूर्ण तमाम साथीहरूलाई एकमुष्ट रुपमा शुभकामना व्यक्त गर्दछौँ।’

सिर्जनाले युग बोलेको हुनुपर्दछ। सर्जक खराल भन्छन्, ‘२५ वर्ष पहिले जहिले राजा वीरेन्द्रको हत्या भइसकेको समय पनि थियो त्यो, म दुवईमा जागिर गर्थेँ। सम्भावनाको खोजीमा निस्किएको युवाले परिवार पहिचान र सम्पूर्ण सम्बन्धदेखि टाढा, सम्पर्कविहिन भई दोस्रो संसारमा हराउनु पर्दाको पीडालाई, अन्तर हृदयको कन्दराबाट निस्किएको पीडा यो गीतमा समावेश गरिएको छ।’

सिंचाई
Forest
Ad.

यस गीतका गायक लिल सुगम छन्त्याल भन्नुहुन्छ, ‘हेमनाथ दाईले धेरै अग्रज श्रष्टालाई गीत बनाउन दिनु भएको रहेछ। गीतको मर्म र भावलाई चिन्न नसक्दा यो गीत एक दशक देखि विभिन्न संगीतकार गायक संग धक्का खाएर बसेको थियो। मैले यो गीतमा गहिराई अध्ययन गरेपछि बीबी दाई संग बसेर सिर्जमालाई कालजयी बनाउने प्रयास गरेका छौँ। समग्रमा गीत भनेसम्म राम्रो बनेको छ।’

यस गीत निर्माणमा प्राविधिक सहयोग इ. राजेन्द्र अर्यालको रहेको छ भने लाइभ मादलमा चोक ब. गाहा मगर र दुर्गा ब. मस्राङी मगरको सहयोग रहेको छ। छायांकन प्रबन्धन ओम देवकोटा र भिम कुमालले गर्नुभएको छ। घरबेटीको भुमिकामा भिम बहादुर कुमाल र माइली देवी कुमाल रहनुभएको छ।

म्युजिक भिडियो निर्माणमा गाउँबेसी सांस्कृतिक कला केन्द्र, नवलपुर, एकता मगर समाज, गैँडाकोट, नेपाल कुमाल संघ, गैँडाकोटको योगदान रहेको छ।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो