गुल्मी, असोज २३: स्तरोन्नतीका क्रममा गुल्मीको सदरमुकाम तम्घास-सिमिचौर-राङ्गबास खर्ज्याङ्ग अन्तर्गतको बिच भाग सडक एक महिना सम्म बन्द हुने भएको छ।
सडक पुर्वधार विकास कार्यालय तम्घासले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराई यस्तो जानकारी गराएको हो। त्यस कार्यालय प्रमुख दिपक खडकाद्धारा हस्ताक्षरित सुचनामा त्यस सडक अन्तर्गत रेसुङ्गा नगरपालिका-१० को सिमिचौर मैदानदेखि वडा नम्बर ११ को जन प्रावि स्कुल सम्मको सडकखण्ड आर.सी.सी. ढलान गरी सडक स्तरोन्नती गर्नु पर्ने भएकोले यहि असोज २४ गते देखि कार्तिक २३ गते, एक महिना सम्म बन्द हुने भएको जानकारी गराउँदै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
जस अनुसार राङ्गबास फेदी सम्मका स्थानीय सवारी साधनलाई मैदान हर्राबोट सपौदी हुँदै राङ्गबास फेदी वैकल्पिक प्रयोग गर्न अनुरोध गरिएको छ। त्यस्तै रिडी, पाल्पा, अर्घाखाँची तर्फका साधनलाई घुम्ती चारपाला खज्याङ्ग र तम्घास बलेटक्सार रिडि सडकलाई वैकल्पिक प्रयोग गर्न अनुरोध गरिएको छ। यसको बोधार्थ सो कार्यालयले जिल्ला प्रहरी कार्यालय सहित सम्बद्ध निकायहरुलाई दिएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







