इलाम: इलाममा आईतबार एकै परिवारका ६ जना सहित अहिले सम्म बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ। इलाम नगरपालिका-६, घोसस्थित नवबुद्ध आदर्श टोलमा आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको हो।
अविरल वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ४० वर्षीया अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका विराज तामाङ, १२ वर्षका समीर राई, ७/८ वर्षकी प्रिन्सिका मगर र करिब ३/४ वर्षका एक बालक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
नाबालकको उद्धार गरी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ। घटनामा चार जना घाइते भएका छन्। प्रहरीका अनुसार दशैँमा पाहुना लाग्न हुन गएका ६-७ जनाले भागेर ज्यान बचाएका छन्।
प्रहरीका अनुसार मृत्युु हुनेको संख्या अझ बढी हुनसक्ने आशंका गरिए पनि बाढी पहिरोमा परी इलाम जिल्लाभर हाल सम्म १८ जनाको मृत्युको पुष्टि भएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







