गुल्मी: आज दिउँसो बुटवलदेखि आउँदै गरेको इभी गाडी पाल्पामा दुर्घटना हुँदा १३ जना घाईते भएका छन।
आज दिउँसो करिब १२:२५ बजेको समयमा तानसेन न.पा.-१४, देउराली स्थित तानसेन गुल्मी पक्की सडकखण्डमा बुटवलदेखि गुल्मीतर्फ जादै गरेको बा.प्र. ०१-०३१ च ७९५७ नम्बरको इभी भ्यान सडकदेखि अन्दाजी ५० मिटर तल रुखमा अड्किएको अवस्थामा दुर्घटना हुँदा उक्त संख्यामा यात्रुहरु घाईते भएका हुन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी ओम प्रकाश चौधरी संग पछिल्लो अपडेटबारे बुझ्दा उहाँले चालकसहित १६ जना सवार मध्ये १३ जना घाईते भएको जानकारी दिनुभयो।
प्रहरी चौकी अर्गेलीबाट अन्दाजी ५ सय मिटर पश्चिममा गाडी दुर्घटना भएको थियो।
प्रहरीले हामीलाई पठाएको घाईतेहरुको विवरण हामीले जस्ताको तस्तै राखेका छौँ:
रुरु स्वास्थ चौकी रिडिमा उपचाररत घाईतेहरु:
१) भ्यान चालक:- जिल्ला गुल्मी मुसिकोट न.पा.१ बस्ने बर्ष ३२ को दिपेन्द्र के.सी.बाहिरी चोट नभएको अवस्था सामान्य रहेको-स.चा.अ.प.को फोटो साथमा रहेको, सवारी साधनको का.प.कम्पनीमा रहेको, मापसे नभएको-चालक प्र.चौ. अर्गेलीको नियन्त्रणमा
२) जिल्ला गुल्मी मुसिकोट न.पा.१ बस्ने बर्ष ३२ कि सुकमाया बि.क.-दाहिने हातमा चोट अवस्था सामान्य
३) ऐ.ऐ.बस्ने निज सुकमाया बि.क.को छोरा बर्ष ११ को सुगम बि.क-बाया हातमा चोट अवस्था सामान्य रहेको
४) जिल्ला गुल्मी मुसिकोट न.पा.६ बस्ने बर्ष ३२ कि कौशिला नेपाली-बाया खुट्टामा चोट अवस्था सामान्य
५) ऐ.ऐ. बस्ने कौशिला नेपालीको छोरा बर्ष ७ को बिमल नेपाली-दुवै हातमा चोट –अवस्था सामान्य
६) ऐ.ऐ.मुसिकोट न.पा.३ बस्ने बर्ष २८ कि सिता कुमाल-दाया हात र मुखमा चोट-अवस्था सामान्य
७) जि.गुल्मी मालिका गा.पा.१ बस्ने बर्ष २० कि जमुना सुनार-दाया खुट्टामा चोट –अवस्था सामान्य
८) जि.बाग्लुङ बरेङ गा.पा.३ बस्ने बर्ष ३० कि साबित्रा सिरिष-बाया हातमा चोट अवस्था सामान्य
लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचाररत घाईतेहरु:
१)जिल्ला गुल्मी मुसिकोट न.पा.१ खामडाडा बस्ने बर्ष ३७ कि प्रमिला के.सी.-बाया हात र टाउकोमा चोट अवस्था सामान्य
२)ऐ.ऐ.बस्ने निजकी छोरी बर्ष १६ कि प्रजिता के.सी.-अनुहार र बाया हातमा चोट-अबस्था बोल्न सक्ने मध्यम
३)ऐ.ऐ. बस्ने प्रमिला के.सी.को छोरी बर्ष ८ कि प्रजिना के.सी.-घाटी र दाहिने हातमा चोट-अवस्था बोल्न सक्ने सामान्य
४) जि. गुल्मी मुसिकोट न.पा.१ खामा बस्ने बर्ष ३७ कि चन्द्रकला के.सी.घिमिरे-टाउको र अनुहारमा चोट-अवस्था बोल्न सक्ने मध्यम
५)ऐ.ऐ. बस्ने निजको छोरा बर्ष १० को नबिन घिमिरे-दाहिने कुममा चोट सामान्य रहेको
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








