गुल्मी, असोज ९: गएराती गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। त्यस पालिका वडा नम्बर ५ मलागिरिको च्यानपानीका नेर सिंह विककी ४ बर्षिया छोरी रियासा विकको मृत्यु भएको हो।
हिजो राती साढे ११ बजेको समयमा एक्कासी चट्याङ पर्दा छोरीको घटनास्थल मै मृत्यु भएको, बाबु नेर सिंह र आमा सुन्तली विक घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहका इन्चार्ज प्रहरी निरीक्षक रेवन्त वलीको कमान्डमा खटिएको प्रहरी टोलीले राती १:४० बजे घाइते बाबु आमालाई थप उपचारका लागि छिमेकी जिल्ला प्युठान अस्पतालमा पठाएको समाचार विवरणमा उल्लेख छ।
यस घटना बाहेक गुल्मीमा हिजो दिउँसो देखि चट्याङ लागेर थप तीन जना मानिस घाईते भएका छ्न भने तीन वटा गोरु मरेका छन।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







