Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा चट्याङ लागेर तीन गोरु मरे, तीन जना घाइते



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, असोज ८:  आज दिउँसो गुल्मीको विभिन्न स्थानमा चट्याङ लागेर तिन वटा गोरु मरेका छ्न भने तिन जना मानिस घाईते भएका छ्न।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको मालिका गाउँपालिका – ४ खामदेश सामुदायिक जङगलमा सोहि वडाका दुर्गा प्रसाद अर्याल र चिरञ्जीवि अर्याल गोरू चराउन गएको बेला  अचानक चट्याङ लागेर  क्रमशः अर्याल बन्धु मध्ये पहिलोको २ र दोश्रोको १ सहित ३ वटा गोरुको मृत्यु भएको छ ।

चट्याङ लागेर घाईते हुने  मानिसहरूमा धुर्कोट गाउँपालिका -.७ वाग्ला धरमपानीका ५८ बर्षिय कृष्ण प्रसाद पन्थी, ईस्मा गाउँपालिका ४ दोहोली स्थित ४६ बर्षिया निर्मला खत्री र पालिका -५ बेसारीकि २५ बर्षिया कालिका खत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सिंचाई
Forest
Ad.

उनिहरुलाई आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर बेहोस भई गुल्मी अस्पतालमा ल्याईएको र उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →