Awareness Campaign

धुर्काेटकाे संविधान दिवस: विकासमा याेगदान गर्नेलाई सम्मान



हुमाकान्त पोखरेल
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, असोज ३: गुल्मीको धुर्काेट गाउँपालिकाले पालिकाकाे विकासमा याेगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेकाे छ। बुधबार संविधान दिवसकाे अवसरमा पालिकाकाे विकासमा याेगदान गर्ने समाजसेवी, शिक्षक, कर्मचारी, पत्रकार, संघ संस्था लगायतलाई सम्मान गरेकाे हाे।

गाउँपालिकाले ५० हजार राशिकाे समाजसेवी पुरस्कारबाट वडा नम्बर ५ वस्तु निवासी महेन्द्र भण्डारीलाई सम्मान गरेको छ। त्यसैगरी १५ हजार राशिकाे उत्कृष्ट कृषक तथा पशुपालक बर्ष पुरस्कारबाट वडा नम्बर १ का मीना ताम्राकार र वडा नम्बर ७ का तारापती गिरी सम्मानित भएका छन् ।

१० हजार राशिकाे उत्कृष्ट पत्रकारिता बर्ष पुरस्कारबाट अनिता खत्री, सन्तोष महतरा र भरत पाण्डे, १० हजार राशिकै उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी बर्ष पुरस्कारबाट धुर्काेट आधारभूत अस्पताल, रामप्रसाद पन्थी, तमकला शर्मा र बाल बहादुर घर्ती क्षेत्री पुरस्कृत भएका छन् । १० हजार राशिकै उत्कृष्ट कर्मचारी बर्ष पुरस्कारबाट ज्ञान बहादुर कार्की, दामाेदर घिमिरे, पवित्रा भुसाल, राेशन खनाल, रमेश पाण्डेय, सुजता गिरी, कृष्ण बहादुर पहराई, नारायण पाेखरेल, सुरेश शर्मा सम्मानित भएका छन् । त्यसैगरी बिमला कार्की, इश्वरी गिरी, कृष्ण प्रसाद अधिकारी, दिपेन्द्र कुँवर, गीता घर्ती मगर, भेषराज पन्थी, लीला विश्वर्मा र कृष्ण बहादुर थापा पनि उत्कृष्ट कर्मचारी बर्ष पुरस्कारबाट सम्मानित भएका छन् ।

सिंचाई
Forest
Ad.

१० हजार राशिकाे दीर्घ सेवा शिक्षक पुरस्कारबाट भगवती माविका बलराम पन्थी र गणेश माविका रत्न प्रसादम खनाल सम्मानित भएका छन् । कार्यक्रमकै अवसरमा विभिन्न परीक्षाहरूमा उत्कृष्ट अंक ल्याउने विध्यालय, विध्यार्थी तथा शिक्षक पनि सम्मानित भएका छन् । कक्षा ५ मा सर्वाेत्कृष्ट सिकाई उपलब्धि हाँसिल गर्ने देउराली प्राविका शिक्षक कृतमान पुन मगर र पध्मा कुँवरलाई पाँच हजारले सम्मान गरिएको छ ।

शैक्षिक सत्र २०८१ मा कक्षा १२ मा पालिका प्रथम हुने नयाँगाउँ माविका विध्यार्थी आशा खत्री, कक्षा १० मा प्रथम हुने हिमालय माविका विध्यार्थी संदेश भण्डारी, कक्षा ८ मा प्रथम हुने वाग्ला माविका विध्यार्थी अप्सना घर्ती र कक्षा ५ मा पालिका प्रथम हुने देउराली प्राविका विध्यार्थी विशाल कुँवर नगद पाँच हजारसहित सम्मानित भएका छन् । कक्षा १२ मा लगातार दाेस्राे पटक शतप्रतिशत नतिजा ल्याउने नयाँगाउँ मावि, कक्षा १० मा शतप्रतिशत नजिता ल्याउने साेमरभाेमर मावि र इन्दिरा मावि पनि संविधान दिवसकाे अवसरमा सम्मानित भएका छन् ।

गाउँपालिकाले सबैभन्दा पहिले बालमैत्री वडा घाेषणा गर्ने वडा नम्बर १ नयाँगाउँलाई एक लाखसहित सम्मान गरेकाे छ । त्यसैगरी ७० प्रतिशत पुँजीगत खर्च गर्ने वडा नम्बर १ नयाँगाउँ, वडा नम्बर ५ वस्तु र वडा नम्बर ६ रजस्थललाई डेढ लाखसहित सम्मान गरिएको छ । वडामा सबैभन्दा बढी राजस्व संकलन गर्ने वस्तुलाई पनि सम्मान गरिएको सूचना अधिकारी प्रेमलाल खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो