Awareness Campaign

गुल्मीका काङ्ग्रेस नेता महेन्द्र भण्डारी सम्मानित



प्रेम सुनार
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, असोज ३: संविधान दिवसको अवसरमा गुल्मीको धुर्कोट गाउँपालिकाद्वारा जिल्लाका नेपाली काङ्ग्रेस नेता महेन्द्र भण्डारी ५० हजार धनराशीको नगद पुरस्कार सहित सम्मानित हुनु भएको छ।

उहाँ शहीद शमशेर बहादुर खत्री स्मृती राजनीतिक तथा समाजसेवी वर्ष पुरस्कारवाट सम्मानित हुनु भएको छ ।

नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रहनु भएका भण्डारीलाई उप्त धनराशीको नगद पुरस्कार सहित कार्यक्रमका प्रमुख जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री , धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल , उपाध्यक्ष सिता गिरि , निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क थाप लगायतले सम्मान पत्र सहित दोसाल्ला ओढाएर सम्मन गरिएको थियो।

सिंचाई
Forest
Ad.

सम्मान पत्रमा भनिएको छ:
नेता महेन्द्र भण्डारी ज्यूको राजनैतिक र सामाजिक क्षेत्रमा पुरयाउनु भएको योगदानकी विवरण।

१२ वर्षको उमेरमा मिति २०३६ सालमा ने.वि. संघमा आवद्ध भई राजनीतिक यात्रा शुरु गर्नुभएको ।

२०४१ सालमा ने.वि. संघ जिल्ला सदस्य हुदै २०४२ सालमा तत्कालिन पन्चायती व्यवस्थाको विरोधमा नेपाली कांग्रेसले आयोजना गरेको सत्याग्रहमा सहभागी हुनु भएको ।

२०४६ सालमा भएको संयुक्त जन आन्दोलन सफल बनाउन तत्तकालिन पञ्चायती व्यवस्थाका विरुद्धमा प्रचारप्रसारको जिम्मा लिई वहुदलीय व्यवस्था प्राप्तीका लागि अहम भूमिका निर्वाह गर्ने क्रममा पटक पटक गिरफ्‌तारीमा पर्नु भएको थियो ।

Awareness by SKF

ईकाइ सभापती, २०४९ सालमा बहुदलीय व्यवस्था प्राप्ती पश्चात २०४८ सालमा, ने.वि. संघ २.व.क्या. तम्घास स्व.वि.यू.सभापती, २०५८ सालमा ने.वि. संघ केन्द्रीय उपाध्यक्ष समेत वन्नु भएका उहां नेपाली कांग्रेसको दशौं महाधिवेशन देखि हालसम्म महाधिवेशन प्रतिनिधीको रुपमा रही राजनीतिक यात्रामा निरन्तर रहनु भएको छ ।

उहा नेपाल रेडक्रस सोसाईटी, नेपाल नेत्रज्योति संघ, द रेयूकाई नेपाल, गैह्र सरकारी सरकारी संस्थाहरु, मा आवद्ध समाज सेवी महेन्द्र प्रसाद भण्डारीज्यू २०५५ सालमा नेपाल सरकारवाट सामाजिक सेवा पदकबाट समेत वाट सम्मानित हुनु भएको थियो ।

आज यस गाउपालिकाले उहालाई राजनीतिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान परयाएवापत यस वर्षको शहीद शमशेर वहादुर खत्री स्मृती वर्ष पुरस्कार २०८२ वाट सम्मान गरिएको छ । नेता भण्डारीको घर सोही पालिका ५ वस्तु हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →