Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा जंगली च्याउ खाएका ६ जना बिरामी



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, असोज २: गुल्मीको एक टोलमा हिजो जंगली च्याउको तरकारी खाएका ६ जना मानिस बिरामी परेका छ्न। जिल्लाको गुल्मीदरबार गाउँपालिका-१, बलिथुमको मुरा टोलमा जंगली विषालु च्याउको तरकारी संग खाना खाँँदा एकै परिवारका ५ जना र छिमेकी एक जना सहित ६ जना बिरामी  परेको प्रहरीले जनाएको छ।

बिरामी पर्नेहरुमा ८३ बर्षका केरसिंह रजाली , उनकी बुहारी बर्ष ३३ की हिमा रजाली , नातिनीहरु बर्ष १६ की एलिना रजाली , बर्ष १३ की बिपना रजाली , बर्ष १० का नाती किरण रजाली र छिमेकी ३६ बर्षिया बिपना रजाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सो कार्यालयका अनुसार उप्त खबर पाउन साथ प्रहरी चौकी मजुवा बाट प्रहरी हवल्दार तिलक हिस्कीको कमान्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर बिरामीहरुलाई मजुवाको शुभ सारथि मेडिकलमा ल्याई उपचार्थ भर्ना गराएको छ । उनिहरुको स्वास्थ्य अबस्था मध्यम रहेको जनाईएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →