Smoking Causes Cancer

पाल्पामा  पहिरो खस्दा मोटरसाईकलमा सवार  श्रीमानको मृत्यु ,श्रीमति घाईते



ओझेलका खबर
१२ महिना अगाडि


Place for ads

गुल्मी , असार २४ । आज बेलुकापख सिदार्थ राजमार्ग अन्तरगत बुटवल – दोभान सडकखण्डको तिनाउ गाउँपालिका – ३ हेडवक्स भन्ने स्थान माथी बाट झरेको पहिरो सङ्गैको ढुङ्गाले किच्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु र श्रीमति गम्भीर घाइते भएकि छ्न ।

आज साझ ८ बजेर १० मिनेटको समयमा उप्त स्थानमा माथिबाट खसेको पहिरोमा परि लु ५१ प ६६३३ नंको मोटरसाईकलमा सवार रामपुर नगरपालिका -५ तालपोखराका ३६ बर्षिय जनक भण्डारीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

त्यस्तै त्यसमा सवार उनकि २९ बर्षिया श्रीमति कल्पना चापागाईं (भण्डारी ) गम्भीर घाइते रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिनु भयो ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो