२०३९ साल तिरको कुरा हुनु पर्छ । म सानै थिएँ । घर मुस्कोटबाट रातचौर हुँदै अर्खलेको उकालोमा असिना पसिना हुँदै आउँदै थिएँ । त्यति बेला अर्खलेको चौपारी नजिकै साईली माईली भन्नेको चिया पसल थियो ।
उसिनेका अण्डा पहेलुपर पारेर राखेका थिए । देखेर खुब थुक निले । साथमा पैसा त्यस्तै पाँच मोर जति थियो होला । बाउ बुढाको उर्दि थियो चा सित चिउरा खाने । अण्डा तिर थुक निल्दै उर्दि अनुसारै खाँदै थिएँ । केहि बेर पछि बैकुण्ठ बहादुर चन्द र रविलाल थापाहरु घोँडा चढेर आए र चौपारीमा बसे ।
खाई सके पछि म उनिहरु बसेको ठाउँमा चाल सुन्न पुगें । म जाबोलाई केहि जस्तो नठानेर उनिहरु आपसी गफ गर्न थाले । बैकुण्ठबहादुरले तिन वटा सिक्रेटका पाकिट निकाल्दै रविलाल लगायतलाई भने –‘सधै यो याक चुरोट जहाँ पायो त्यही खान्न । सिडियो सम्मका मान्छे संग मात्रै खान्चु । बिचारी तहका मान्छेहरु संग यो गैडा चुरोट खान्चु र आफु एक्लै भएको बेला यो आशा चुरोट खान्चु । ’ त्यति बेला आशा चुरोट सबै भन्दा सस्तो थियो । आम मान्छेहरुले भुर्राको भुसाह खान्थे । उनिहरुको त्यो किफायतिपन अहिले पनि सम्झीन्छु ।
दुर्भाग्यवस मैले रविलाल थापाको अन्तरबार्ता लिन पाईन तर बैकुण्ठबहादुर संग धेरै चोटी लिएँ । उहाँलाई गुमाईयो तर सम्झना ताजै छ । मोटर बाटो प्रतिको त्यो चिन्तन म कहिल्यै भुल्न सक्दिन । ब्यबस्था ठिक थिएन होला तर ब्यक्ति ठिक थिए । उहाँको सम्मानमा तानसेन रिडी तम्घास सडकलाई ‘बैकुण्ठ मार्ग ’ नामकरण गरौं ।
(स्मृति :प्रेम सुनारको )
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







