Smoking Causes Cancer

स्मृतिमा बैकुण्ठबहादुर चन्द…..



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

२०३९ साल तिरको कुरा हुनु पर्छ । म सानै थिएँ । घर मुस्कोटबाट रातचौर हुँदै अर्खलेको उकालोमा असिना पसिना हुँदै आउँदै थिएँ । त्यति बेला अर्खलेको चौपारी नजिकै साईली माईली भन्नेको चिया पसल थियो । 

  उसिनेका अण्डा पहेलुपर पारेर राखेका थिए ।  देखेर खुब थुक  निले  । साथमा  पैसा त्यस्तै पाँच मोर जति  थियो होला  । बाउ बुढाको उर्दि थियो  चा सित चिउरा खाने ।  अण्डा तिर थुक निल्दै  उर्दि अनुसारै खाँदै थिएँ ।  केहि बेर पछि  बैकुण्ठ बहादुर चन्द र रविलाल थापाहरु घोँडा चढेर आए र चौपारीमा बसे ।

खाई सके पछि  म उनिहरु बसेको ठाउँमा  चाल सुन्न पुगें । म  जाबोलाई केहि जस्तो नठानेर  उनिहरु आपसी  गफ गर्न थाले । बैकुण्ठबहादुरले तिन वटा सिक्रेटका पाकिट  निकाल्दै रविलाल लगायतलाई भने –‘सधै  यो याक चुरोट  जहाँ पायो  त्यही खान्न । सिडियो सम्मका मान्छे  संग मात्रै खान्चु । बिचारी  तहका मान्छेहरु संग  यो गैडा चुरोट खान्चु र  आफु एक्लै  भएको बेला  यो आशा चुरोट खान्चु । ’ त्यति बेला आशा चुरोट सबै भन्दा सस्तो थियो ।  आम मान्छेहरुले भुर्राको भुसाह खान्थे । उनिहरुको त्यो किफायतिपन अहिले पनि सम्झीन्छु ।

सिंचाई
Forest
Ad.

दुर्भाग्यवस मैले रविलाल थापाको अन्तरबार्ता लिन पाईन  तर बैकुण्ठबहादुर संग धेरै चोटी लिएँ । उहाँलाई गुमाईयो तर सम्झना ताजै छ । मोटर बाटो प्रतिको त्यो चिन्तन म कहिल्यै भुल्न सक्दिन । ब्यबस्था  ठिक थिएन होला तर ब्यक्ति ठिक थिए । उहाँको सम्मानमा तानसेन रिडी तम्घास सडकलाई ‘बैकुण्ठ मार्ग ’ नामकरण गरौं ।

(स्मृति :प्रेम सुनारको )

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो