गुल्मी , असार १९ । केही दिन अघि बुटवलमा गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलद्ध्वज पन्थीको गाडीले ठक्कर दिदा गम्भीर घाईते भएका गुल्मीकै एक युवकको अहिले सम्म होस नखुलेकोले उनको स्वास्थ्य अबस्था बोरे राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) गुुल्मीले शंका ब्यक्त गरेको छ । त्यस पार्टिका गुल्मी जिल्ला सभापति भोजराज पाण्डे लेख्छ्न –कुनै पनि बाहनामा उपचारमा खेलवाड नहोस ।
रूपन्देहीको तामनगरमा रेसुगां नगरपालिका गुल्मीका मेयर खिलध्वज पन्थी सवार नगरपालिकाको गाडी र मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकलमा सवार गुल्मी मुसिकोटका युवा रञ्जित खत्री गम्भीर घाइते भई सडक छेउमा बेहोस भएकोले उपचारको लागि वुटवल अस्पताल हुंदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ ।
उनको अझै सम्म होस आएको छैन । कुनै पनि वाहानामा घाइतेको उपचार रोकिनु हुदैन र घाइतेको उपचारमा पीडक पक्षवाट कुनै कमी( कमजोरी हुनु हुदैन भन्ने राष्ट्रीय स्वतन्त्र पार्टी गुल्मी जोडदार माग गर्दछ ।
साथै सो दुर्घटनामा घाइते हुनुभएका रंजित खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । असार १३ गते राती साढे १० बजेको समयमा उप्त दुर्घटनामा खत्री घाईते भए पछि मेयर पन्थी आफैले हेलिकप्टर मगाएर काठमाडौं पुराएका हुन ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |