Awareness Campaign

गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो।

२५ किलोग्रामको बोरामा प्याक गरिएको चामललाई धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्यक्रमकाबीच चामल प्याकेजिङ कार्यको शुभारम्भ गर्नुभएको हो‌।

सिंचाई
Forest
Ad.

यस कार्यमा धुर्कोट गाउँपालिकाको सक्रिय सहयोग तथा हेफर नेपालको प्राविधिक साथ रहेको बताइएको छ । २५ किलाको बोरालाई २ हजार ५ सयमा बेच्ने गरी मूल्य तयार गरिएको छ।

चामल प्याकिङ तथा बजारीकरण शुभारम्भ कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यस कार्यले कृषकहरूको आत्मविश्वास बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्ने र उत्पादनलाई व्यापारमा रूपान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटे चामललाई गाउँपालिकाको गौरवमूलक उत्पादनको रूपमा अगाडि बढाउन रस्थानीय स्तरमा उत्पादित वस्तुलाई बजार विस्तार गर्न यो प्रयासले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै कृषि क्षेत्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो