Clean Water Campaign

Awareness Campaign

मुसिकोटका जनप्रतिनिधीद्वारा पत्रकार सुर्य सुनार माथि हातपात



ओझेलका खबर
२ महिना अगाडि


Awareness

Place for ads

 

गुल्मी, जेठ ६: गुल्मीको मुसिकोट नगरपालिकामा हिजो वार्षिक नीति तथा कार्यक्रम सार्गवजनिकीकरण गर्ने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकार सुर्य सुनार माथी त्यहाँका केहि जनप्रतिनिधीहरुले हातपात, दुर्व्यवहार गरेको बताईएको छ।  वडा नम्बर २ का वडाध्यक्ष रविन्द्र केसी, वडा नम्बर १ का वडाध्यक्ष आनन्द श्रेष्ठ र ३ का वडा सदस्य थम्मन केसीले आफु माथी हातपात दुर्व्यवहार गरेको पत्रकार सुनारले जानकारी दिए।

नेपाली कांग्रेसबाट निर्वाचित ति तिनै जना जनप्रतिनिधीहरु प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिको कार्यकक्षामा चर्को विवाद भईरहेको सुने पछि के रहेछ ? भन्दै आफु मोवाईल हातमा लिएर पुगेको बेला पहिला वडा नम्बर २ का वडाध्यक्ष केसी र लगत्तै अन्य दुई जना जनप्रतिनिधीहरुले भिडियो नखिच भन्दै आफुलाई हातपात गरेको , उनिहरु सहित वामी प्रहरी चौकी प्रमुखले भिडियो डिलेट गर्न दवाव दिएको सुनारले बताए ।

सिंचाई
Forest
Ad.

यस सम्बन्धमा वडाध्यक्ष केसीले आफुहरुले हातपात नगरेको, भिडियो नखिच्न मात्रै आग्रह गरेको बताए । पत्रकार सुनारले भने आफु माथी हातपात नै भएको र उनिहरुलाई कार्बाही हुनु पर्ने माग गरेका छन । उनि माथी भएको हातपात र भिडियो हटाउन दिईएको दवाव प्रति निन्दा गर्दै प्रेस चौतारी गुल्मी र नेपाल पत्रकरा महासंघले विज्ञप्ती मार्फत निन्दा ब्यक्त गर्दै हातपात गर्ने जनप्रतिनिधीलाई कार्बाही हुनु पर्ने माग गरिएको छ ।

पत्रकार सुनार र वडा नम्वर २ का वडाध्यक्ष रबिन्द्र केसी छिमेकी हुन । गाउँमा अझै पनि कथित ठुला जातीका केहि मानिसहरुले दलित समुदायलाई हेप्ने , अपमानजनक शब्द प्रयोग गर्ने गरेका छन ।

पत्रकार सुनार नेकपा एमाले निकट प्रेस चौतरी नेपालको जिल्ला सचिव र पत्रकार महासंघका कार्य समिति सदस्य हुन । उनि तम्घासबाट सञ्चालित बी टेलिभिजनमा कार्यरत छन । त्यस टेलिभिजनको समाचार मिडिया नेटवर्क प्रालिले पनि विज्ञप्ती जारी गर्दै घटनाको निन्दा र कार्बाहीको माग गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो