गुल्मी, जेठ ५: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी जिल्ला समितिले भिजिट भिषा प्रकरणका विषयमा उच्च स्तरिय छानविन समिति गठनको माग सहित गृहमन्त्रीको राजिनामा माग गरेको छ। आज गुल्मीका प्रमुख जिल्ला अधिकारी मार्फत संघिय ससरकारलाई पठाईएको ज्ञापन पत्रमा यस्तो माग गरिएको हो।
भिजिट भिषाको दुरुपयोग तथा मानव तस्करी सम्बन्धमा उच्च स्तरिय छानविन समिति गठनको माग राख्दै सो पार्टीका गुल्मी जिल्ला सभापति भोजराज पाण्डे लगायतका नेताहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाएका हुन ।
विज्ञप्तीमा भनिएको छ –‘हालैका दिनहरुमा हजारौं नेपाली नागरिकहरु भिजिट भिषाको नाममा अवैध रुपमा मानव तस्करीको शिकार बनिरहेको अथार्थहरु सार्वजानिक भईरहेका छन। अध्यागमन कार्यालय, ट्राभल एजिन्सी, म्यानपावर कम्पनी , केहि कुटनैतिक नियोग तथा संगठित अपराधिक समुहहरुको संग्लग्नता युवाहरुलाई दुबई लगायतका मुलुकहरु हुँदै गैरकानुनी तरिकालले तेश्रो देशमा पुर्याउने जस्ता गतिविधीहरु नेपाली राज्य व्यवस्था , कानुनी शासन र मानवअधिकार माथीको गम्भीर प्रहार हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले यस बिषयलाई सांसदमा बारम्बार उठाउँदै आएको छ र यसका समधानका लागि प्रभावकारी पहल गर्न सरकार संग माग गर्दै आएको छ । यसै सन्दर्भमा हामी गुल्मी जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारको ध्यानकार्षण गराउँदै निम्न बुँदाहरु तत्काल पहल गर्न आग्रह गर्दछौं । ’
१, विगतका केहि बर्षहरुमा भिजिट भिषाको नाममा भएको मानव तस्करी र संगठित अपराधमा सरकारी संयन्त्र लगायतका विदेश पठाउने निकायहरु ब्यापक र बहुआयमिक अनुसन्धान गर्न उच्च स्तरिय छानविन समिति गठन गरियोस ।
२, छानविन समितिको कार्य क्षेत्र संरचना , व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिन भित्र गठन गरी कार्य सम्पादन समितिले छानविन समिति गठन गरियोस् ।
३, छानविन प्रकृयामा गृहमन्त्रालय मातहतका विभिन्न निकाय र अन्य सरोकारवाला निकायहरु संग प्रभावकारी समन्व्य गर्दै पारदर्शी बनाउने लगायतका विभिन्न माग सहित रास्वपाले गृहमन्त्रीको राजिनामा समेत माग गरेको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |