Clean Water Campaign

Awareness Campaign

पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाईते



प्रेम सुनार
४ हप्ता अगाडि


Awareness

Place for ads

 

 

प्रेम सुनार
गुल्मी, असार २ । आज अपरान्हतिर पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन । बुटवलका एक जना ब्यक्तको मृत्यु भएको छ । एक जना घाईते भएका छन ।

सिंचाई
Forest
Ad.

अपरान्ह करिव सवा चार बजेको समयमा पाल्पा पूर्वखोला गाउँपालिका ५ वीरकोट स्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा बलेरो जिप दुर्घटना हुँदा त्यसका चालक पाल्पाको बगनासकाली गाउँपालिका १ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालीका ११ मझुवा बस्ने बर्ष अन्दाजी बषै ४६ को बिनोद ढुङ्गाना र सोही उमेर समुहका नामथर खुल्न नसेकाका अर्का एक ब्यक्तिको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुनिल मल्लले हामीलाई पठाएको विवरण अनुसार त्यसका चालक बुटवल उपमहानगरपालीका ११ का ३० बर्षीय राजु खड्का गम्भीर घाईते भएका छन । उनको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भईरहेको छ । उनिहरु मध्ये नाम ठेगना खुलेकालाई प्रभासको अस्पतलामा र अर्कालाई मिसन अस्पतालमा डाक्टरले मृत घोषणा गरेको डिएसपी मल्लले बताए । यो समाचार लेख्ने क्रममा अहिले साँझ पौने ९ बजेको समयमा डिएसपी मल्ल संग टेलिफन सम्पर्क गर्दा अर्का मृतकको नाम ठेगना खुल्न सकेको छैन ।

आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप जिप अचानक सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको डिएसपी मल्लले पठाएको समाचार विवरणमा उल्लेख छ । उक्त सुचना पाउन साथ ईलाका प्रहरी कार्यालय ताँहुको प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →