बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका-५, अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भनें १४ जना घाइते भएका छन्। बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-५, चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ ५ः४५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी १४ जना घाइते भएका छन् । जिप सडकदेखी अन्दाजी ६० मिटर तल खेतमा खस्दा १४ जना घाईते भएका हुन् । जीपमा १६ जना यात्रु सवार थिए । घाइतेमध्ये तीन जनाको अवस्था गंभीर, दश जनाको मध्यम र एकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |