Awareness Campaign

जापानमा साइकलको घण्टी बजाए ५०० डलर जरिवाना



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

– एजेन्सी

टोकियो: कोभिड-१९ को महामारीका बेला जापानमा मानिस साइकल तिर आकर्षित भएका छन्। काममा जान-आउन सार्वजनिक यातायातको भीडबाट टाढा रहन्छन्, उनीहरू।

बस, मेट्रो रेललगायत यातायातका साधनमा मानिसको रुचि देखिएको छैन। र, जापानको प्रशासनले साइकल चलाउन केही दिशा-निर्देश जारी गरेको छ।

Forest
Forest
Ad.

सडकमा साइकलको घण्टी बजाउन प्रतिबन्ध लगाइएको छ। त्यति मात्रै होइन, बिनाकारण ब्रेक लगाउन पनि पाइँदैन। पैदलयात्री हिँड्ने फुटपाथ जाम गराउन पनि नपाइने नियम लगाइएको छ।

साइकल यात्रीकै सुरक्षा प्रत्याभूतिका लागि यस्तो नियम लागू गरिएको प्रशासनको भनाइ छ।

सडकमा घण्टी बजाउँदा साइकल चालकले पाँच सय अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। यो नियम १४ वर्षभन्दा माथिको उमेरका सबैमा लागू हुनेछ।

यस्तै, प्रशासनले तयार पारेको ट्राफिक सुरक्षा कोर्समा पनि सहभागी हुनुपर्ने नियम ल्याइएको छ। जापानका सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारी नियमलाई हँसी-मजाकको विषय बनाएका छन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया