Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा कांग्रेस निकट निर्माण व्यवसायीहरुको अध्यक्षमा गगन केसी



प्रेम सुनार
३ दिन अगाडि


Awareness

Place for ads

गुल्मी, जेठ १०: नेपाली कांग्रेस पार्टी निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ गुल्मीको अध्यक्षमा गगन केसी निर्वाचित भएका छन । शनिबार नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा भएको प्रथम जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्य समिती सर्वसम्मत रूपमा निर्वाचित गरेको निर्वाचन अधिकृत अधिवक्ता भिमलाल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा जमुना न्यौपाने, उपाध्यक्ष सन्जय पन्थी, महासचिवमा प्रकाश बुढाथोकी, उपमहासचिवमा पुष्पा पन्थी, उपमहासचिव कमल पोख्रेल, कोषाध्यक्षमा खुम खत्री, सहकोषाध्यक्षमा खडानन्द पाण्डे निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा भोजराज श्रेष्ठ, नारायण जिसी, सुरेश श्रेष्ठ, विजय पन्थी, श्याम श्रेष्ठ, महेन्द्र बगाले, दिपक पाण्डे, विजय श्रेष्ठ, बाबुराम ज्ञवाली र विजय पुन निर्वाचित भएका छन ।

अधिवेशनको मातृ पार्टी नेपाली काँग्रेस गुल्मीका सभापति तथा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका थिए । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि पन्थीले केही निर्माण व्यवसायीका कारण सम्पूर्ण निर्माण व्यवसायीहरु बदनाम हुनु परेको बताउँदै नेपाली कांग्रेस निकट निर्माण ब्यबसायीले त्यो बदनामी बाट आफु पनि बच्नु पर्ने र अरुलाई पनि रोक्नु पर्ने सुझाव दिएका थिए ।

Forest
Forest
Ad.

कार्यक्रमका बिशेष अतिथि संघका केन्द्रीय सदस्य रुद्रप्रसाद शर्माले निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न गरे पनि भुक्तानीको समयमा थुप्रै समस्या खेप्नु परेको गुनाँसो गरे ।  कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेल, संघका लुम्बिनी प्रदेश सदस्य एवम् निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले पनि शुभकामना राखेका थिए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका कोषाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, सह–सचिवद्वोय छवि पाण्डे तथा धर्मराज पाण्डे लगायतको आतिथ्यता रहेको कार्यक्रममा संघका विश्वप्रकाश चन्दको सभापतित्व गगन केसीको स्वागत तथा प्रकाश बुढाथोकीको सञ्चालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →