बागलुङ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन्।
मध्य पहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको गल्कोट हटियामा आएका उनले आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उनले बताए। उहाँले महत्वपूर्ण राजमार्ग बनाउने निर्णय आफ्नै पालामा भएको समेत दावी गर्नुभएको थियोे।
‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ को क्रममा बागलुङको गलकोटमा आयोजित सभामा बोल्दै प्रचण्डले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्ग समेत आफ्नो पहल र निर्णयमा भएको दावी गर्नुभयो।
मैले २०६५ सालमा लोकमार्ग बनाउने निर्णय गरेको थिए, त्यसले अहिले पहाडी क्षेत्रको बिकासमा योगदान पुगेको छ’ उहाँले भन्नुभयोे, ‘कसैले आएर गफ लगायो भने नपत्याउनु होला।’ उहाँले २०६५ को सरकारले दुरगामी निर्णय र काम थालेको समेत बताउनुभयोे। हिमालको फेदीमा अर्को राजमार्ग आवश्यक छ।
वर्तमान सरकार भने भ्रष्टाचारमा डुबेको अध्यक्ष प्रचण्डको आरोप समेत लगाउनुभयो । उहाँले देशमा भ्रष्टाचार बढाउने काम वर्तमान सरकारले गरेको बताउनुभयो। ‘भ्रष्टाचारीलाई कारवाही गर्न खोज्दा माओवादी नेतृत्वको सरकार ढाल्ने काम भयो’ उहाँले भन्नुभयो।
उहाँले माओवादीले गरेका राम्रा कामको प्रचार गर्न नसक्दा सरकारबाट बाहिरिनु परेको समेत बताउनुभयो । निरास भएका जनतालाई आसा जगाउन पनि राजमार्गको यात्रा गरेको उहाँको भनाइ छ।
त्यस्तै कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले क्रान्तिको बाटो नभुलेको बताउनुभयो। उहाँले युगान्तकारी परिवर्तनले लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै यो लोकतन्त्र परंपरागत नभई समाजवाद उन्मुख भएको बताउनुभयो।
माओवादीले क्रान्तिको लक्ष्य दुईवटा बनाएको उहाँले बताउनुभयो । गरिब जनताको पक्षमा काम गर्न माओवादी सरकारले विपन्न परिवारको २० लाख सम्मको ऋण मिनाहा गरेको बताउनुभयो।
आर्थिक समृद्धि ल्याउन मध्यपहाडी लोकमार्ग बनाउने निर्णय माओवादीले गरेको, लोडसेडिङ अन्त्य गर्ने निर्णय गरेको, भ्रष्टाचारीलाई तह लगाउने काम गरेको दावी समेत गर्नुभयो।
यो सरकार जतिदिन सरकारमा बस्छ, त्यतिदिन गणतन्त्र खतरामा पर्दै जान्छ ।’ सरकारमा नभएपनि माओवादीले सुशासनको एजेण्डा बोकेर लोकमार्गको यात्रा गरेको बताउनुभयो।
कार्यक्रममा अर्का उपाध्यक्ष्य पम्फा भुषालले वर्तमान सरकार बिचौलियाको भएको दावी गर्नुभयो । बर्तमान सरकारले आफ्नालाई जोगाउने, अर्कालाइ जेल हाल्ने बिभेदकारी काम गरेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा गलकोटमा रहेका क्रियाशिल राजनैतिक दलको तर्फबाट संयुक्त रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष गंगा भुजेलले मागपत्र हस्तान्तरण गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान अन्तर्गत बागलुङको गलकोटमा आयोजित जनसभामा जनवादी गायक नविन खड्काको सांगितिक प्रस्तुति समेत रहेको थियो l
कार्यक्रम नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य फमलाल निउरेको अध्यक्षता नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलको स्वागत र गण्डकी प्रदेश सचिवालय सदस्य प्रकाश घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |












