गुल्मी, जेठ ५: गएराती गुल्मीको सिमहाघाट लप्सी नजिकै गएराती मोटरसाईकल दुर्घटनामा परी एक जना सव ईन्जिनियर युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीक अनुसार गएराती करिव साढे १० बजेको समयमा सिमाहघाट बाट तम्घास आउँदै गरेको अबस्थामा रेसुङ्गा नगरपालिका ५ सिमाघाट लप्सी स्थित लु९७ प ७४७९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा त्यसमा सवार सव ईन्जिनियर २७ बर्षीय निशान चौधरीको मृत्यु भएको हो ।
उनको घर दाङ,े जिल्लाको गडवा गाउँपालिका ३ गोबडिया रहेको र उनि गुल्मीको ईन्द्र एमके जे.बि. निर्माण सेवामा सव ईन्जिनियरका रुपमा काम गर्दै आएका थिए ।
घटनाको आज विहान जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा ९ जना प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । टोलीका अनुसार मोटरसाईकल अनियन्त्रित भई सडक छेउँको नालीमा पल्टेको थियो । प्रहरीले मृतकको घर परिबारलाई जानकारी गराई सकेको छ । घटनास्थल सदरमुकाम तम्घासबाट पश्चिम १० किलोमिटर दुरीमा पर्दछ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |