Hi-Speed Computer

Awareness Campaign

वाईसियल गुल्मीको अधिवेशन सम्पन्न, अध्यक्षमा रवि कँडेल निर्वाचित



प्रेम सुनार
१ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी, बैशाख ३० । वाईसियल नेपाल गुल्मी जिल्लाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्रकोट गाउँपालिका श्रृंगा निवासी रवि कँडेल सर्वसम्म निर्वाचित भएका छन । बौद्यिक युवा रहेका कँडेल यस अघि वाईसिलका विभिन्न जिम्मेवारी निभाउँदै अहिले अध्यक्ष भएका हुन । उपाध्यक्षमा लिलामणि ज्ञवाली, लिलबहादुर बोहरा , तारा बिक, केशव भण्डारी , सहसचिव क्रमशः चार जना कमल सुनार , युवराज चन्द , दीपक बुढा , पिटर बिक, र कोषाध्यक्षमा छत्रकोटकी तिर्जना नेपाली निर्वाचि हुनु भएको छ । त्यस्तै निवर्तमान अध्यक्ष अशोक श्रेष्ठ र पेमा रानालाई केन्द्रिय प्रतिनिधीमा अधिवेशनले निर्वाचित गरेको छ ।  ५१ सदस्यीय कार्य समिति बनेको निर्वाचन मण्डलका संयोजक पदमप्रसाद पाण्डेले जानकारी दिए ।

निर्वाचत कार्य समितिलाई वाईसियल नेपालका केन्द्रिय ठाकुर शौरागले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पार्टीको तर्फबाट प्रदेश कमिटी सचिवालय सदस्य तथा पुर्व जिल्ला पार्टी संयोजक युवराज केसी लगायतका नेताहरुले बधाई मन्तब्य राखेकाथिए । सम्मेलनका माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए । चिनको माओवादी संगठनले झै वाईसियललाई योङ्ग कम्युनिष्ट लिग भनिन्छ ।

 

Forest
Forest
Ad.

(यस अघि हामीलाई प्राप्त विवरण रफ भएको भन्दै सो संगठनले फाईनल विवरण भर्खर हामीलाई पठाएकोले सोही अनुसार सच्चाईएको छ )

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →