Clean Water Campaign

Awareness Campaign

झूटो प्रचारले झुक्याइयो हजारौँलाईः आखिर प्रकाश सपुत पनि आएनन



प्रदीप भुसाल
४ महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी, वैशाख १९: गुल्मी महोत्सवमाको आज १५ औं दिन चर्चित गायक तथा अभिनेता प्रकाश सपूत’ आउने भन्दै व्यापक प्रचार गरियो। यहाँ सम्मकी यसै ओझेलका खबरमा आयोजक संस्था चेम्बर अफ कमर्सका अध्यक्षले टेलिफोन कुराकानीका क्रममा हामी प्रकाश सपुतलाई ल्याउँदै छौं भनेर दर्शकलाई जानकारी गराए।

आज बिहान देखि दिउँसो अवेर सम्म गाडीमा प्रकाश सपुतका गीतहरु लगाउँदै बजार परिक्रममा गरियो । एकथरी मानौ कि यस महोत्सवका प्रमुख व्यक्ति नै हुन जस्तो पार्ने गरी सामाजिक सञ्जालमा हरेक दिन प्रचार गरिदै आएएको छ।

त्यही झुटको खेतीको परिणाम केहि दिन अघि पल शाह आउने भनेर दर्शक झुक्काईयो , ठगियो , त्यस्तै आज प्रकाश सपुत आउने भनेर।

सिंचाई
Forest
Ad.

अँस्ती पल शाह , आज प्रकाश सपुत पनि आउने कुरा झुटो प्रचार गरिए पछि हजारौं दर्शकहरू ठगिएको महसुस गर्दै रुष्ट बनेका छन्।

महोत्सव सुरु हुनु ४–५ दिन अघिदेखि चेम्बर अफ कमर्सले प्रकाश सपूत आउने दाबी गर्दै सामाजिक सञ्जालदेखि पोस्टरसम्म प्रचारप्रसार गर्‍यो। यही प्रचारका भरमा ठूलो संख्यामा दर्शकहरू महोत्सव स्थल पुगे। तर, अन्तिम समयमा उनि नआउँदा धेरैलाई धोका महशुस भएको छ।

‘आफ्नो मेहनत, समय र पैसा लगानी गरेर महोत्सवमा आएका थियौं। तर आशा र भरोसामा बज्रपात भयो,’ एक दर्शकले भने।

यस घटनाले कार्यक्रमको व्यवस्थापन र सूचना प्रवाहप्रति गम्भीर प्रश्न खडा गरेको छ। समाजका विभिन्न तहका व्यक्तिहरूले चेम्बर अफ कमर्सलाई यस्ता झूठा प्रचार दोहोरिन नदिन सचेत गराएका छन्।

Awareness by SKF

सार्वजनिक मञ्चमा आउने सूचना स्पष्ट, यथार्थपरक र सत्यतामा आधारित हुनुपर्ने माग राख्दै दर्शक र स्थानीय समुदायले आयोजकमाथि उत्तरदायित्व वहन गर्न आग्रह गरेका छन्। यस बारे आयोजकको प्रतिक्रिया माग्दा चेम्बर अफ कमर्सका सचिब प्रेम घिमिरेले राष्ट्रिय कलाकार ल्याउने जिम्मा आफुहरुको नभई ठेक्दारको भएको भन्दै बचाउको प्रयास गरे । उनले भने ठेकेदारको बिश्वासमा पर्दा धोका भयो , हामी माफी माग्दछौ ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो